जेष्ठ नागरिक र सरोकारवाला बिच अन्तरक्रिया चरिकोटमा सम्पन्न

जेष्ठ नागरिक र सरोकारवाला बिच अन्तरक्रिया चरिकोटमा सम्पन्न

कल्पना सापकोटा, चरिकोट/ जिल्ला ज्येष्ठ नागरिक संघ दाेलखाको आयोजनामा ज्येष्ठ नागरिक सम्बन्धी सरोकारवालाहरु बीच अन्तरक्रिया कार्यक्रम मंगलबार सदरमुकाम चरिकोटमा सम्पन्न भएको छ । ज्येष्ठ नागरिक संघका अध्यक्ष रंगध्वज बुढाथोकीको सभापतित्व तथा प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

जिल्ला ज्येष्ठ नागरिक संघ का संस्थाक अध्यक्ष रामदास श्रेष्ठ ले कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै ज्येष्ठ हरुको हकहितको लागि काम गर्ने बताउनु भयो । कार्यक्रमका अध्यक्ष रंगध्वज बुढाथोकीले दोलखा जिल्लामा २०६९ सालमा तदर्थ समिति गठन भई काम गर्दै आएको गुगोलमा भन्दा बढी ज्ञान,शीप ज्येष्ठ नागरीकमा पाईने भएपनि यीनै ज्येष्ठ नागरीकहरु आफ्नै परिवारबाट पिडित हुनुपरिरहेको र यस्ता पिडित ज्येष्ठ नागरिकहरुलाई ज्येष्ठ नागरिक स्हार केन्द्र विस्तार भै सकेकोले ज्येष्ठ नागरीक ले घरघरमानै गएर स्हार गर्ने गरेको बुढाथोकीले जानकारी दिनु भयो । हर्कबहादुर श्रेष्ठ ले ज्येष्ठ नागरिक परिचय पत्र राज्य ले नै दिएको परिचय पत्र कै अपमान भएको, परिचय पत्र बनाएर कुनै पनि सेवा सुविधामा छुट नपाए पछि परिचय पत्र गोजिमा राख्ने काम मात्रै भएको, ज्येष्ठ नागरिक लाई बसवाला को लापरबाही भएको बसवालाले ज्येष्ठ नागरिक देख्ने वित्तिकै लैजाउ लैजाउ भन्ने गरेको र ज्येष्ठ नागरिक अपहेलित हुनु परेको श्रेष्ठ ले बताउनु भयो ।

जिल्ला ज्येष्ठ नागरिक संघ का प्रेम बहादुर कार्की ले नेपाल सरकारले ज्येष्ठ जनलाई स्वास्थ्य मा दिने भनेको प्रतिशत छुट नभएको ,नगरपालिका ले दिने सेवा सुविधा स्थानीय तहमा नपुर्याएको ले ज्येष्ठ नागरिक लाई मार परेको बताए । आवाज नेपाल दोलखाको अध्यक्ष सिर्जना कार्की ले ज्येष्ठ नागरिकहरू लाई बैंक हरूमा जानको लागि पनि असहज भएको दोलखामा अधिकाम्स बैंक हरू ज्येष्ठ नागरिक लाई पहुच पुग्ने खालको नभएको कार्की ले बताई । भीमेश्वर नगरपालिका महिला शाखा अधिकृत सुर्जा दहाल ले ज्येष्ठ नागरिक को गुनासो नगरपालिका मा लैजाने र समाधान गर्ने पर्यास गर्ने जानकारी दिनु भयो । सामुदायिक पुस्तकालय का अध्यक्ष कृष्ण बहादुर बस्नेतले आफ्नो श्रेत्रबाट सक्ने सहयोग गर्ने बताउनु भयो । प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल ले ज्येष्ठ नागरीकले पाउने सेवा सुविधाहरु नदिएको खण्डमा जुन निकायबाट ज्येष्ठ नागरीकलाई ज्येष्ठ नागरीकको अधिकार दिदैन त्यसलाई कारबाही गर्ने र सबै स्थानिय तहलाई झकझकाउने काम गर्नु पर्ने रिजालले बताए ।

प्रतिक्रिया दिनुहोस्