जुम्लाको सिंजा गाउँपालिकाले स्वास्थ्य, शिक्षा र कृषिमा आमुल परिवर्तन गर्दै

जुम्लाको सिंजा गाउँपालिकाले स्वास्थ्य, शिक्षा र कृषिमा आमुल परिवर्तन गर्दै

कविता पोखरेल
माघ २३, सिंजा गाउँपालिका । जुम्ला जिल्लाको सिंजा गाउँपालिकाले स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रलाई प्राथामिकता दिए पछि आमुल परिवर्तन छाएको छ । आम नागरिकहरुको स्वास्थ्य क्षेत्रलाई मध्येनजरमा राखेर पालिकाको सबै वडामा स्वास्थ्य सेवाको पुहच पु¥याएको पालिकाका, अध्यक्ष देवल सिंह रावलले बताउनु भयो । स्थानीय सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथामिकता दिए पछि विगतको सानोतिनो उपचारको लागि जिल्ला सदरमुकाम र राजधानी धाउनु पर्ने बाध्यता अन्त्य भएको छ ।

पालिकाले सम्पूर्ण आधारभुत विद्यालयहरुमा गुणस्तरीय र सर्वसुलभ शिक्षाको व्यवस्था गरेको छ भने कृषि क्षेत्र अन्तगर्त किसानहरुलाई विभिन्न उन्नत जातको विउ विजन वितरण गर्नुका साथैं जनताहरुलाई पशुपालनमा विशेष पहल गर्दै आएको छ । एक घर एक धाराको रणनिति अपनाएर प्रत्येक वडामा खानेपानीको सुविधा पु¥याएको अवस्था । पालिकाको सबै वडामा सडक निर्माण भएको र सो सडक निर्माण पछि आम नागरिहरुलाई यात्राको लागि थप सहज भएको छ ।

यस्तैं, ४ करोड लगानीमा सिंजा संग्रालय निर्माण र २ वटा पक्की पुल निर्माण गरेको अध्यक्ष रावले भन्नुभयो । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी न्यूनीकरणको लागि पालिकाले आम जनताहरुलाई सचेतना गराएको थियो । बाहिरबाट आउनेहरुलाई सुविधा सम्पन्न क्वारेन्टाईनमा राख्ने व्यवस्था र कोरोनाबाट प्रभावित भएका वास्तविक पिडीतहरुलाई राहत वितरण कार्य समेत गरेको पालिकाका, अध्यक्ष राहुलले बताउनु भयो । स्थानीय सरकार गठन भएको छोटो समयमा नै पालिकालाई विकासको लहरमा पु¥याउनको लागि पालिकाका, अध्यक्ष रावलको विकासका योजना र त्यसको कार्यान्वयन त्यतिकै अनुकरणीय नै छ ।

प्रतिक्रिया दिनुहोस्