जिल्ला प्रशासन कार्यालय सिन्धुली आफनै भवनमा

जिल्ला प्रशासन कार्यालय सिन्धुली आफनै भवनमा

जिल्ला प्रशासन कार्यालय सिन्धुलीले आईतबार देखी आफनै भवनबाट सेवा दिन सुरु गरेको छ । कमलामाई नगरपालिका ६ स्थित जिल्ला अदालत सिन्धुलीको दक्षिण तर्फ लामो समय देखी निर्माणाधिन जिल्ला प्रशासन कार्यलयको भवन निर्माण सम्पन्न भएपछि आफनै भवनमा सेवा दिन सुरु गरेको हो । भवनको केही प्राबिधिक बिषय मिलाउन बाँकी रहेकाले भवन पुर्ण रुपमा हस्तान्तरण हुन भने बाँकी रहेको जिल्ला प्रशासन कार्यलय सिन्धुलीका प्रमुख प्रशासकिय अधिकृत हुतराज निरौलाले बताए ।

कुल ३ करोड १७ लाख ७२ हजार ७६५ रुपैया मुल्य अभिबृद्धि कर सहित २०७० फागुन २८ गते निर्माण कम्पनि शिद्धबाबा कन्ट्रक्सन काठमाण्डौ – ३४ शान्तिनगर सँग निर्माण सम्झौता भएको भवन २०७२ सालको बिनाशकारी भुकम्प र भुकम्प लगत्तैको नाकाबन्दि लगायत बिबिध कारणले पटक पटक म्याद थप गरिएको थियो ।

आफनै भवन बन्ने भएपछि २०७१ बैशाख २ गते बाट साबिकको कमलामाई नगरपालिका र कर्मचारी मिलन केन्द्रको कार्यलय बाट सेवा प्रवाह गर्दै आईरहेको कार्यलयले अबदेखी सम्पुर्ण सेवा आफनै कार्यलय बाट प्रदान गर्ने भएको छ । जिल्ला प्रशासन कार्यलय सिन्धुलीले नागरिकता, नागरिकताको प्रतिलिपि, राहदानी सिफारिस वितरण लगायत जिल्लाको न्यायिक, प्रशासनिक कार्यमा समन्वय गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्