जिल्ला कै समृद्ध नगरपालिका बन्दै बलरा

जिल्ला कै समृद्ध नगरपालिका बन्दै बलरा

रचना तिमल्सिना
माघ १०, बलरा नगरपालिका । सर्लाही जिल्लाको बलरा नगरपालिका समृद्धिको उचाईमा अघि बढेको छ ।

नगरमा सडक, खानेपानी, स्वास्थ्य, कृषि जस्ता आधारभुत क्षेत्रमा विकास निर्माण कार्य तिव्र गतिमा भइरहेको नगर प्रमुख अभय कुमार सिंहले बताउनु भयो । उहाँको भनाई अनुसार, नगरको सबै वडामा सडक पुगेको अवस्था छ । उक्त सडकखण्ड निर्माण पश्चात यात्राको लागि आम जनताहरुलाई सहज भएको नगर प्रमुख सिंहले भन्नुभयो । नगरको सबै वडामा ढलान गर्ने कार्य तिव्र रहेको छ भने ३० कि.मि. आर.सि.सि. ढलान सम्पन्न भएको उहाँले जनाउनु भयो । १० नम्बर वडामा राम जानकी मन्दिर निर्माण कार्य अन्तिम चरणमा पुगेको र नगरमा ३ वटा नहर समेत निर्माण कार्य जारी रहेको नगर प्रमुख सिंहले बताउनु भयो ।

शैक्षिक क्षेत्रमा पनि यस पालिकाले उल्लेखनी प्रगती गरेको छ । सबै विद्यालयहरुमा गुणस्तरीय शिक्षा र कम्प्यूटर जडान गरेको छौं नगर प्रमुख सिंहले भन्नुभयो । आफु निर्वाचित भए पश्चात विगतको तुलनामा भन्दा नगरमा चौतर्फी रुपमा विकास निर्माण कार्य तिव्र गतिमा भएको सिंहले बताउनु भयो ।

समग्रमा नगरको स्रोत साधनले भ्याएसम्म सम्पूर्ण क्षेत्रलाई समेट्दैं नगर समृद्धिको बाटोमा अघि बढेको देखिन्छ । यस्तै, बाहिरबाट आएकाहरुलाई नगरस्तरीय क्वारेन्टाइनमा राख्ने व्यवस्था रहेको थियो । नगरले करिब ५०८ जनाको पी.सी.आर परीक्षण गरेको र कोरोनाबाट प्रभावित भएका नागरिकहरुलाई राहत वितरण गरेको नगर प्रमुख सिंहले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्