जिल्लाव्यापी भ्रमणमा निस्किएका सांसद खड्काद्धारा किर्ने–रिठ्ठाबोट सडकको निरीक्षण

जिल्लाव्यापी भ्रमणमा निस्किएका सांसद खड्काद्धारा किर्ने–रिठ्ठाबोट सडकको निरीक्षण

दोलखा जिल्लाका प्रदेशसभा सांसद बिशाल खड्का जिल्लाव्यापी भ्रमणमा निस्कनु भएको छ ।

उहाँले मंगलवार किर्ने–रिठ्ठाबोट–च्यामा–जिरी दोलखा सडकको निरीक्षण गर्नुभएको छ । प्रदेश सरकार अन्तर्गत बनेको किर्ने–रिठ्ठाबोट सडककोलागी गत आर्थीक बर्षमा १ करोड रुपैया रकम विनियोजन भएको थियो । यस आर्थिक बर्षमा उक्त सडककोलागी २५ लाख रुपैया बजेट विनियोजन भइसकेको छ । आगामी दिनहरुमा उक्त सडकको कालोपत्रे र स्तरोन्नती गर्न सांसद खड्काले पहल गर्नेमा आफुहरु आशावादी रहेको स्थानियहरूले बताएका छन ।

सडक निरीक्षणको क्रममा सांसद खड्काले उक्त सडकको स्तरोन्नती गर्न आफुले पहल गर्ने आस्वासन दिनु भएको छ । उक्त सडकको लागी आगामी दिनहरुमा बजेट बढाउन पनि पहल गर्ने सांसद खड्काले बताउनुभएको छ । दोलखा जिल्लामा प्रदेश सरकारको तर्फबाट गर्नुपर्ने पहल आफुले गरीरहेको र आगामी दिनमा पनि सक्रियतापुर्वक बिकास निर्माणको काममा केन्द्रित हुने उहाँको भनाई छ । तामाकोशी गाउँपालिका वडा नं. ५ स्थित रिठ्ठाबोट सडक निरीक्षणमा पुुग्नु भएका सांसद खड्कालाई टोलटोलमा स्थानीयले फुलमालाले स्वागत गरेका थिए । चाडपर्वपछि दोलखामा कोरोना माहामारी र बिकास निर्माणको अवस्था बारेमा स्थानियसँग भालाकुसारी गर्न सांसद खड्का जिल्लाव्यापी भ्रमणमा निस्कनु भएको हो । जिल्लाव्यापी भ्रमणमा सांसद खड्का सहित नेपाल कम्युनिष्ट पार्टी दोलखाका जिल्ला सचिवालय सदस्य शम्भु प्रसाद फुयाल, उपेन्द्र प्रसाद अधिकारी, युवानेता सहदेव बुढाथोकी लगायतको सहभागीता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्