जिल्लाकै समृद्ध बन्दै, मोरङको पथरी शनिश्चरे नगरपालिका

जिल्लाकै समृद्ध बन्दै, मोरङको पथरी शनिश्चरे नगरपालिका

कविता पोखरेल ।

मोरङ जिल्लाको पथरी शनिश्चरे नगरपालिका जिल्लाकै समृद्ध बन्ने योजनाका साथ अघि बढिरहेको नगर प्रमुख दिलिप कुमार राईले बताउनुभयो ।

स्थानियस्तरमा गुणस्तरिय एंव प्राबिधिक शिक्षामा जोड दिएको पथरी शनिश्चरे नगरपालिका नमुना बिद्यालयको अवधारणा पनि सन्चालन गरेको छ । नगरले विषयगत शिक्षकको ब्यवस्था पनि गरेको छ । नगरको पहलमा २८ वटा विद्यालय भवन निर्माण भएका छन । नगरले प्रदेश नं. १ का आपांग र असक्त बिद्यार्थीहरुलाई निःशुल्क पढाउने ब्यवस्था पनि गरेको छ । स्वास्थ सेवाको पहुँच सम्पुर्ण नगरबासिमा पुर्याउन आफ्नै पहलमा सुबिधा सम्पन्न १५ शैयाको अस्पतालको शिलान्यास गरिसकेको छ । नगरपालिकाको केन्द्रसम्म सबै वडालाई जोड्ने सडकको निर्माण तथा पुराना सडकको स्तरोन्नतिको काम पनि तिब्र गतिमा भइरहेको छ । साथै केही सडकलाई कालो पत्रे गर्ने कामपनि भइरहेको नगर प्रमुख राईले बताउनु भयो । नगरले आन्तरीक तथा बाह्य पर्यटन भित्राउन आवश्यक तयारी समेत गरिहेको छ ।

नगरपालिकाले कृषि क्षेत्रलाई मुख्य प्राथमिकता राखेर काम गरिहेको छ । कृषि र पशुपालनमा जोड दिएर युवाहरुलाई गाउँपालिकास्तरमै रोजगारि सृजना गरि उनिहरुको जीवनस्तरलाई माथि उकास्ने योजना रहेको नगर प्रमुख राईले बताउनुभयो । उहाँका अनुसार कृषीको लागि विउविजन र सिंचाइको ब्यवस्था तथा पशुपालनकोलागी अनुदान दिई युवाहरुलाई कृषि तथा पशुपालन तर्फ आकर्षित गरिएको छ । नगरपालिकाका ७० बर्ष भन्दा माथिका बृद्धबृद्धाहरुले लागी निःशुल्क एम्बुलेन्सको ब्यावस्था गरिएको छ । त्यस्ता ब्यक्तीहरुको लागी घरघरमै उपचार सेवा दिने नगरको योजना छ ।

प्रतिक्रिया दिनुहोस्