जिल्लाकै समृद्ध बन्दै खजुरा गाउँपालिका

जिल्लाकै समृद्ध बन्दै खजुरा गाउँपालिका

रचना तिमल्सिना ।

बाँके जिल्लाको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षापतिले खजुरा गाउँपालिकालाई जिल्लाकै समृद्ध पालिका बनाउने योजना रहेको बताउनु भएको छ ।

उहाँका अनुसार गाउापालिकाको केन्द्र सम्म सबै वडालाई जोड्ने सडकको निर्माण तथा कालोपत्रे गर्ने कार्य पनि भइरहेको । गाउँपालिकाको सम्पुर्ण वडाहरुमा सुविधा सम्पन्न स्वास्थ्य चौकि संचालनमा आई सेवा प्रवाह भइरहेको उहाँको भनाई छ । स्थानिय स्तरको घरेलु तथा साना उद्योगहरुमा पनि विशेष जोड दिएको छ गाउँपालिकाले । गाउँपालिकाको सम्पुर्ण वडामा विद्युत सेवा पुगि सकेको छ । शिक्षाको क्षेत्रमा प्राबिधिक शिक्षामा जोड दिँदै सुबिधा सम्मपन्न बिधालय भवनको निर्माण भएका छन ।

कोरोना महामारीमा उदाहरणिय काम गरेको पालिकाले मास्क, सेनिटाइजरको बितरण राहात सामग्री वितरण ,आर डि टि , पिसिआर टेस्ट लगातयको कामबाट कोरोना भाइरसलाइ नियन्त्रणमा लिएको थियो। आगामी दिनमा कोरोना महामारीको असरलाई कम गर्दै बिकास र समृद्धि तर्फका कामहरु पालिकाले अगाडि बढाउने अध्यक्ष कक्षापतिले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्