जिल्लाकै नमुनाको रुपमा परिचित हुदैं गजुरा नगरपालिका

जिल्लाकै नमुनाको रुपमा परिचित हुदैं गजुरा नगरपालिका

कविता पोखरेल
मा १३, गजुरा नगरपालिका । मुलुकमा स्थानीय सरकारको व्यवस्थापन भएको करिब साढे ३ वर्ष पुगिसकेको छ । यिनै स्थानीय तहका जनप्रतिनिधिहरुको काँधमा जिम्मेवारी थपीएको छ आफनो ठाउँलाई समृद्ध र नमुना बनाउनको लागि यसै, सन्भर्दमा रौतहटको जिल्लाको गजुरा नगरपालिकाको जनप्रतिनिधिले पनि आफनो गाउँ ठाउँलाई सुन्दर बनाउन निम्ति आफु सधैं अग्रसर भएर लागि परेको स्पष्ट देख्न सकिन्छ ।

सडक सञ्जालको कामलाई प्राथामिकता दिदैं नगरदेखि वडा कार्यलयसम्म जोड्ने प्रमुख सडकलाई पीच गर्ने र सडक नपुगेको ठाउँमा निर्माण गर्ने कार्य भइरहेको नगर प्रमुख सन्लाल प्रसाद चौंधरीले जानकारी दिनुभयो । उक्त सडक निर्माणले दैनिक रुपमा सवारी साधन चल्ने र आम नागरिकहरुलाई यात्राको लागि सहज हुनेछ । जनताहरुको स्वास्थ्य क्षेत्रलाई मध्येनजर गर्दै नगरको ९ वटै वडा कार्यलयमा स्वास्थ्य सेवाको पहुच पुगेको चौंधरीले बताउनु भयो । यसले आम नागरिकहरुमा थप सहयोग पुग्नेछ ।

नगर भवन सहित वडा कार्यलयको भवन निर्माणाधिन अवस्थामा रहेको छ भने नगरकै पहलमा वर्थीङ सेन्टर समेत निर्माण भएको छ । यस्तै, शैक्षिक क्षेत्र र कृषि क्षेत्रमा पनि नगरले अनुकरणीय प्रगती गरेको छ । विद्यालयमा गुणस्तरीय र प्राविधिक शिक्षा प्रदान गर्नुका साथैं किसान दाजुभाइहरुलाई विभिन्न उन्नत जातको विउ विजन समेत वितरण गरेको छ । नगरका नगर प्रमुख चौंधरीको अनुसार, स्थानीय सरकारको व्यवसथपन पछि यस नगरमा भौतिक पूर्वाधाहरुको काम उल्लेखनीय रुपमा भएको छ ।

आम नागरिकहरुको र जनप्रतिनिधिहरुको सहयोगले नगर रौंतहट जिल्लाकै समृद्ध र नमुनाको रुपमा चिरपरिचित हुने पक्का रहेको चौंधरी बताउनु हुन्छ । कोरोनाको उच्च जोखिम रहेकोले संक्रमण रोकथामको लागि आम जनताहरुलाई कोरोना सम्बन्धि सचेतनाको कार्यक्रम गरेको थियो । कोरोनाबाट प्रभावित भएकाअ नागरिकहरु र विवन्न घर परिवारहरुलाई राहत वितरण गर्नुका साथै बाहिरबाट आएकाहरुलाई नगरस्तरीय सुविधार सम्पन्न क्वारेन्टाइन र होम आइसोलेशनमा राख्ने व्यवस्था गरेको थियौं नगर प्रमुख चौंधरीले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्