कविता पोखरेल
सडक, बिद्युत, स्वास्थ्य, खेलकुद, खानेपानि लगायतको विकासका पुर्वाधारमा तनहु जिल्लाको भनु नगरपालिकाले उल्लेख्य प्रगति गरेको छ । नया सडक बिस्तार गर्ने र पुराना सडकलाई कालोपत्रे गर्ने कार्यमा नगरपालिका लागेको नगर प्रमुख उदय राज गौलीले बताउनुभयो । कर्मचारी र जनप्रतिनिधीको राम्रो सम्बन्ध रहेको यस गाउँपालिकाले पछिल्ला बर्षमा देखिने तथा नदेखिने धेरै क्षेत्रहरुको विकासमा उलेख्य कार्य सम्पादन गर्दै समृद्ध भानु नगरपालिका बनाउने बाटो पहिल्याउँदै गएको छ । नगर प्रमुख गौलीका अनुसार नागरिकहरुको सहजताको लागी नगरले वडा वडामा सडक बिस्तारको काम गरिहेको छ । नगरपालिका र वडा कार्यालयको भवन निर्माण गर्ने काम पनि धामाधम निर्माण भईरहेको छ ।
विभिन्न किसिमका कार्यहरु सम्पादनमा उपभोक्ताको प्रत्यक्ष संलग्नतालाई मध्यनजर गरी उपभोक्ता समिति गठन गरी परिचालन गरिएको छ । आर्थिक पारदर्शिता र आवश्यकता अनुसारका योजनाहरु स्पष्टताकोलागि बेला–बेलामा सार्वजनिक सुनुवाईगर्दै सु–शासनयुक्त स्थानीय सरकार निर्माणका लागि आवश्यक गतिविधीहरु सञ्चालनमा गरिएको छ । शैक्षिक क्षेत्रको बिकासको लागि नगरपालिकाको आफ्नै पहलमा सुबिधा सम्पन्न बिद्यालय भवनको निर्माण कार्य भइरहेको छ । स्थानियस्तरमा गुणस्तरिय एंव प्राबिधिक शिक्षामा जोड दिएको भानु नगरपालिकाले प्राविधिक शिक्षाको ब्यवस्था पनि गरको छ । स्वास्थ सेवाको पहुँच सम्पुर्ण नगरवासिमा पुर्याउन सुबिधा सम्पन्न १५ शैयाको अस्पतालको शिलान्यास भइसकेको छ ।
खानेपानिको सुविधा सम्पुर्ण नागरिकमा पुर्याउन बृहत खानेपानि योजना डिपिआरको काम भइरहेको छ । कृषि क्षेत्रमा नगरका युवाहरुलाई आकर्षित गर्न कृषि र पुशपालनमा नगरले वनोठ दिएको छ ।
साहित्यकार भानुभक्तको जन्मस्थल भएको उहाँकै नामबाट नगरको नामाकरण गरिएकोले नगरपालिकामा साहित्यक पर्यटन भित्राउने योजना रहेको नगर प्रमुख भौलीले बताउनुभयो । आगामी दिनमा कोरोना माहामारीको असरलाई कम गर्दै समग्र बिकासको काममा केन्द्रित हुने नगरको योजना छ ।
प्रतिक्रिया दिनुहोस्