चौतर्फी विकासको काम हुदैंछ अध्यक्ष चौलागाई

चौतर्फी विकासको काम हुदैंछ अध्यक्ष चौलागाई

कविता पोखरेल
माघ २०, चंखेली गाउँपालिका । हुम्ला जिल्लाको चंखेली गाउँपालिमा भौतिक पूर्वाधाहरुको कामले तिव्रता पाएको छ । पालिकादेखि वडा कार्यलयसम्म जोडने मुख्य सडक निर्माण गर्ने काम भइरहेको पालिकाका, अध्यक्ष धनलाल चौलागाईले भन्नुभयो । उत्त सडक निर्माण पछि आम नागरिकहरुलाई यात्राको लागि थप सहज हुनेछ ।

आम नागरिकहरको स्वास्थ्य क्षेत्रलाई मध्येनजर गर्दै सबै वडामा स्वाथ्य सेवाको पहुच पु¥याउने योजना पालिकाले गरेको छ । यसले विगतको जस्तो सानोतिनो उपचारको लागि जिल्ला सदरमुकाम र राजधानी धाउनु पर्ने बाध्यता हट्नेछ । एक घर एक धाराको अभियान सञ्चालन गरी प्रत्येक टोलटोलमा खानेपानीको सुविधा पुग्ने भएको अध्यक्ष चौलागाईले बताउनु भयो ।

यस्तै, कृषिमा क्षेत्रमा पनि पालिको उल्लेखनीय प्रगति गर्दै आईरहेको अवस्था छ । किसानहरुलाई तरकारी खेती गर्नको लागि विभिन्न उन्नत जातको विउ विजन वितरण गर्नुका साथैं पशुपालनमा विशेष जोड दिएको छ । पालिकाको सम्पूर्ण आधारभुत विद्यालयहरुमा गुणस्तरीय र प्राविधिक शिक्षाको व्यवस्था गरेको छ । स्थानीय सरकार व्यवस्थापन भएको करिब साढे ३ वर्षको अवधिमा पालिकालाई समृद्धिको बाटोमा पु¥याउनको निम्ती पालिकाका, अध्यक्ष चौलागाईको योजना र त्यसको कार्यान्वयन पनि त्यति कै अनुकरणीय छ ।

विश्व माहामारीको रुपमा फैलिएको कोरोना संक्रमण रोकथामको लागि पालिकाले आम सर्वसाधारणहरुलाई सचेतना गराएको थियो । कोरोनाबाट प्रभावित भएका पिडीतहरुलाई राहत वितरण गर्नुका साथैं बाहिरबाट आएकालाई पालिकास्तीय सुविधायुत्त क्वारेन्टाइन र होम आइसोलेशनमा राख्ने व्यवस्था गरेको पालिकाका, अध्यक्ष धनलाल चौलागाईले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्