चाडपर्वमा कोरोनाको सम्भावित जोखिम बढ्ने खतरा छः वडाध्यक्ष उप्रेती

चाडपर्वमा कोरोनाको सम्भावित जोखिम बढ्ने खतरा छः वडाध्यक्ष उप्रेती

शैलुङ, दोलखा । दोलखाको शैलुङ गाउँपालिका वडा नं. ८ ले कोरोना भाईरसको सामना गर्न विभिन्न उपायहरू अवलम्वन गरिरहेको छ ।

सम्भावित जोखिमहरूलाई अवसरको रूपमा लिएर काम गरिरहेको वडा अध्यक्ष रामेश्वर उप्रेतीले जानकारी दिनुभयो । उहाँले वडा भित्र कोरोना महामारीको खासै प्रभाव नदेखिए पनि काठमाण्डौमा बस्दै आउनुभएका वडाबासिलाई कोरोना संक्रमण देखिएको बताउनुभयो ।“महामारीको बेला सबे सचेत रहनु पर्छ । अहिले सम्म वडा कोही संक्रमित नभेटिएको हामी खुसी नै छौं तर सम्भावीत महामारी बिरुद्ध वडा कार्यालयले बिभिन्न जनचेतना मुलक कार्यहरु पनि गरिहेको छ”,उहाले भन्नुभयो ।

बाहिरबाट नागरिकहरुको आवत जावत बढेकोले संक्रमणको जाखिम पनि बढेको उहाँले बताउनुभयो । “वडामा दशैमा काठमाण्डौ उपत्यका लगायतका शहरहरुबाट मानिसहरु गाउँ आउने सम्भावना छ । “यस्तो बेला जोखिम हुने भएकोले हामिले वडामा बाहिरबाट आउने व्यक्तिहरूलाई अनिवार्य होमक्वारेन्टाइनमा बस्नु पर्ने व्यवस्था गरेका छौ”,उहाँले भन्नुभयो । बिद्यालयहरुमा क्वारेन्टाईन नबनाएको उहाँले बताउनुभयो । “होम क्वारेन्टाईनमा राख्ने ब्यवस्थानै उत्तम हुने भएकोले हामिले प्राय वडामा आउने नागरिकहरुलाई घरमै सुरक्षीतरुपमा बस्न आग्रह गरेका छौ”, उहाँले भन्नुभयो ।

वडाले टोल टोलमा गएर मास्क, स्यानिटाइजर, साबुन आदि वितरण गरी यसबाट बच्नलाई अपनाउनुपर्ने उपायहरूको बारेमा सबैलाई जानकारी दिएको उहाँले बताउनुभयो । त्यसैगरी दैनिक ज्याला मजदुरी गर्ने विपन्न वर्गका व्यक्तिहरूलाई यस परिस्थितिमा राहत वितरण पनि गरेको वडाध्यक्ष उपे्रतिले जानकारी गराउनुभयो । वडाले गरेको निर्णय, काम कार्बाहिप्रति सबै सन्तुष्ट नै रहेको उहाँले बताउनुभयो । वडास्तरको विपत ब्यवस्थापनको लागी वडाका सबे स्तरका नागरिकहरुलाई समेटेर १७ जनाको समुह बनाएको उहाँले जानकारी दिनुभयो । उक्त टिमले कोरोना माहामारी मात्र नभएर वडामा हुने सक्पुर्ण विपतको बेला सहयोग गर्ने उहाँले बताउनुभयो । महामारीले सबै योजना तथा विकासका कामहरूमा ठूलो समस्या निम्त्याएको उहाँले बताउनुभयो । यस महामारीलाई न्यूनिकरण गर्दै सम्पूर्ण विकास निर्माणका कामहरूलाई अगाडि बढाउने उहाँको योजना रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्