चर्चामा छ, दोलखाली गायक आचार्यको दसैं तिहारको गित

चर्चामा छ, दोलखाली गायक आचार्यको दसैं तिहारको गित

दोलखा । दोलखाको तामाकोशी गाउँपालिका वडा नं.४, मालु स्थायी घर भएका समिर आचार्यले, नेपालीहरुको दुई ठूला महान चाडहरु दसैं र तिहार आउन केहि समय मात्र बाँकी रहदा “परदेशीलाई के दसैं के तिहार” बोलको गित युटुव मार्फत सार्वजनिक गरेका छन् ।
शान्ती श्री परिवार र आचार्यको सुमधुर आवाजमा सजिएको गितलाई आचार्यले आफ्नै अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरेका हुन् । उनको गित आम नेपालीहरुले सुनिरहदा आचार्य स्वंम पनि रोजगारीको शिलसिलामा यतिबेला दुबईमा छन् ।


महेश नेपालको लय र रेशम थापाको संगितमा सजिएको गितको भिडियोमा समेत दसैं तिहारमा आफन्त विदेशमा हुँदा प्रकट हुने भावनालाई मार्मिक तवरले चित्रण गर्ने प्रयास गरिएको छ ।
गीतको म्युजिक भिडियोमा शिब खड्का, सुनिता गिरी, सिर्जना श्रेष्ठ, बिमु श्रेष्ठ, महेश नेपाल र बाल कलाकार रुपम चौलागाईं तथा सकिरा कठायतको पनि अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन महेश नेपालले गरेका हुन् भने छायांकन मुकेश हुमागाईं र सम्पादन रोशन धितालले गरेका छन् ।
समिर आचार्य बाल्यकालदेखि नै गित संगितको क्षेत्रमा औधि रुचि राख्ने गर्दथे । उनी विद्यार्थी हुँदा हालको तामाकोशी गाउँपालिका सेरोफेरोमा गाउँने तथा बजाउने कार्यहरु उनले गरिरहे त्यसकारण अहिले पनि युवा पुस्ताहरुमा समिर आचार्यप्रतिको आकर्षण त्यतिकै राम्रो छ ।
उनले करिब एक दर्जन गितमा आवाज दिएका छन् भने केहि समय पछि थप दुई गितहरु पनि दर्शकश्रोता माझ ल्याउन तयारी गरिरहेको उनी बताउछन् ।

(गितको युटुव लिंकको लागि यहाँ क्लिक गर्नु होला ।)

 

 

प्रतिक्रिया दिनुहोस्