गौरीशंकर र बैत्यश्वर जोड्ने सडकको स्तरोन्नतिका लागि टेन्डर आव्हान

गौरीशंकर र बैत्यश्वर जोड्ने सडकको स्तरोन्नतिका लागि टेन्डर आव्हान

दोलखा । जिल्लाको गौरीशंकर र बैत्यश्वर गाउँपालिकालाई जोड्न महत्वपूर्ण मानिएको सिद्धाकोथान–जुँगु–झ्याँकु–भोर्ले सडकको स्तरोन्नतीको लागि बाग्मती प्रदेश अन्तर्गतको पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकले वोलपत्र आव्हान गरेपछि त्यस भेगका स्थानीयहरुमा खुशियाली छाएको छ ।
यो सडकमार्गले गौरीशंकर र बैत्यश्वर गाउँपालिकाका अधिकांश वडाहरुलाई जोड्दछ ।
प्रदेश सांसद बिशाल खड्काले निर्वाचनताका यो सडकको विकासका लागि हरसम्भव प्रयास गर्ने प्रतिवद्धता जनाएको थिए । करिब ९२ करोडको लागतमा, ४५ किलोमिटरको यो सडक स्तरोन्नति भएपछि, त्यस भेगका स्थानीयवासीहरुको आवात जावतमा धेरै सहजता हुने अपेक्षा छ । यो सडक २ वर्षमा स्तरोन्नति हुने अनुमान गरिएको छ ।

वाग्मती प्रदेशसभा सांसद विशाल खड्काले बोलपत्र आव्हानसँगै सडकको स्तरोन्नति हुने नहुने भन्ने अन्यौलता हटेको जानकारी दिए । साथै, सांसद खड्काले निर्वाचनताका गरिएको प्रतिवद्धताहरु पुरा गर्न आफू निरन्तर खटिएको र आगामी दिनमा पनि बाँकी योजनाहरुलाई पनि पुरा गर्न लागि पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्