गोरखा दरबारमा जमरा राखियो

गोरखा दरबारमा जमरा राखियो

काठमाडौँ ।  वडा दसैंको पहिलो दिन आइतबार गोरखा दरबारमा जमरा राखिएको छ । बिहान १० बजेर ३५ मिनेटको साइतमा धार्मिक विधीपूर्वक जमरा राखिएको हो ।

कालिका मन्दिरमा दुई पाथी र गोरखाकाली मन्दिरमा एक पाथी जौको जमरा राखिएको गोरखा दरबारका पुजारी लिला बहादुर बोहराले बताए ।

आजकै दिन भगवतीलाइ गर्भगृहमा सारिएको छ । दसै अवधी भर सोही कोठामा भगवतीको पुजाआजा गरिने बोहराले बताए ।

आजबाट गोरखा दरबारमा नियमित बली सुरु भएको छ । गोरखा दरबार हेरचाह अड्डाका रामेश्वर कट्टेलका अनुसार यो वर्ष ३२ वटा बोका, सतारसहित १५ राँगा, १२ वटा भेडा, १३ वटा कुखुरा र भैरवलाइ पाँच वटा सुँगुरको बली चढाइन्छ । घटस्थापनादेखि पुर्णिमासम्म बली दिइन्छ ।

प्रतिक्रिया दिनुहोस्