गुणस्तरीय शिक्षा जोड दिनुका साथै पालिकामा विकास निर्माण कार्य तिव्र छ नगर प्रमुख तामाङ

गुणस्तरीय शिक्षा जोड दिनुका साथै पालिकामा विकास निर्माण कार्य तिव्र छ नगर प्रमुख तामाङ

कविता पाेखरेल ।

पौष २६, धनकुटा नगरपालिका । स्थानीय सरकारको व्यवस्थापन पछि धनकुटा जिल्लाको धनकुटा नगरपालिकाको जनप्रतिनिधिहरुको आफनो नगरलाई समृद्धिको उचाईमा पु¥याउनको निम्ती विकास निर्माण कार्यमा उल्लेखनीय परिर्तन गरिरहेको पाईन्छ । सडक, पुल, खानेपानी, स्वास्थ्य, शिक्षा, कृषि लगायत अन्य क्षेत्रमा विकास निर्माण कार्य भइरहेको नगर प्रमुख चिन्तन तामाङको भनाई छ ।

आफु निर्वाचित भए पश्चात शैक्षिक क्षेत्र अन्तर्गत पालिकाको सम्पूर्ण विद्यालयहरुमा गुणस्तरी र प्राविधिक शिक्षामा जोड दिदैं शैक्षिक क्षेत्रमा स्तरउन्नोती होस् भन्ने उद्येश्यले अघि बढीरहेको नगर प्रमुख तमाङ बताउनु हुन्छ । स्थानीय स्तरमै युवावर्गहरुलाई लक्षित गर्दै विभिन्न पशुपालन जस्ता अन्य क्षेत्रमा युवावर्गहरुलाई रोजगारीको व्यवस्था गरेको अध्यक्ष तामाङले जनाउनु भयो । नगरको भवन सहित वडा कार्यलयहरुको भवन निर्माण कार्य हुदै गरेको नगर प्रमुख तामाङको भनाई छ ।

समग्रमा पालिकाले सम्पूर्ण क्षेत्रलाई समेटेर अघि बढीरहेको देखिन्छ । विगतको तुलनामा भन्दा पालिकामा विकास निर्माण कार्यले परिवर्तन छाएको छ । यस्तै, कोरोना संक्रमण रोकथामको लागि टोलटोलमा विभिन्न जनचेतनामुलक कार्यक्रम मार्फत नागरिहरु समक्ष सचेतना गरेको नगर प्रमुख तामाङले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्