खुम्बु पासाङल्हामु गाउँपालिकालाई पर्यटकीय गाउँपालिका घोषणा

खुम्बु पासाङल्हामु गाउँपालिकालाई पर्यटकीय गाउँपालिका घोषणा

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकालाई पर्यटकीय गाउँपालिका घोषणा गरेपछि स्थानीय उत्साहित भएका छन् ।

प्रदेश नम्बर १ को आर्थिक वर्ष २०७५र७६ को बजेट वक्तव्यमा घोषणा गरे बमोजिम गाउँपालिकालाई पर्यटकीय गाउँपालिका घोषणासहित ५० लाख रुपियाँ प्रदान गरिएको छ । प्रदेश नम्बर १ को राजधानी विराटनगरमा आयोजित दोस्रो प्रदेश समन्वय परिषद् बैठकमा प्रदेशका मुख्यमन्त्री शेरधन राईले गाउँपालिका अध्यक्ष ङिमदोर्जी शेर्पालाई पर्यटकीय गाउँपालिकाको प्रमाण पत्र र घोषित रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।

नेपाललाई विश्वमा परिचित गराउने सगरमाथा रहेको खुम्बु पासाङल्हामु गाउँपालिकाले नेपालको पर्यटन क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको भन्दै पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनमा प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेर काम गर्ने मुख्य मन्त्री राईले बताउनुभयो ।

आफ्नो गाउँपालिकालाई पर्यटकीय गाउँपालिका घोषणा गर्ने प्रदेश सरकारको निर्णयले मुलुककै पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण टेवा पुग्ने खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष ङिमदोर्जी शेर्पाले विश्वास व्यक्त गर्नुभयो । गाउँपालिकालाई पर्यटकीय गाउँपालिका घोषणा गरेकोमा खुम्बु पासाङल्हामु गाउँपालिकाले मुख्यमन्त्री शेरधन राईलगायत प्रदेश सरकारलाई धन्यवाद दिनुभयो । त्यस्तै, नाम्चेका पर्यटन व्यवसायी लामाकाजी शेर्पाले विश्व पर्यटनको केन्द्रका रुपमा रहेको खुम्बु क्षेत्रलाई धेरै समय अघि नै यस्तो घोषणा गर्नुपर्नेमा ढिलै भएपनि प्रदेस सरकारले राम्रो काम गरेको भन्दै खुशी व्यक्त गर्नुभयो । अब यसले पर्यटकको संख्या बढ्ने उहाँको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्