खाना पकाउने ग्याँस र हवाई इन्धनको मूल्य घट्यो

खाना पकाउने ग्याँस र हवाई इन्धनको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्याँस र हवाई इन्धन (बाह्य उडानतर्फ) को मूल्य घटाएको छ। निगमले प्रतिसिलिण्डर ग्याँसको मूल्य २५ रुपैयाँले घटाएको हो। निगमका प्रवक्ता वीरेन्द्र गोइतले ग्याँसको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँले घटाइएको जानकारी दिए। घटेपछि उपभोक्ताले ग्याँसमा प्रतिसिलिण्डर १३५० रुपैयाँ तिर्नु पर्नेछ।

त्यस्तै निगमले बाह्य हवाई उडानतर्फ इन्धनको मूल्य प्रतिकिलोलिटर ५० डलरले घटाएको छ। अब हवाई इन्धन (वाह्य)तर्फ प्रतिकिलोलिटर १ हजार डलर पर्नेछ। निगमले यस अघि डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएको थियो ।

प्रतिक्रिया दिनुहोस्