खाँडादेवी गाउँपालिकामा अब सरकारी अस्पताल

खाँडादेवी गाउँपालिकामा अब सरकारी अस्पताल

रामेछाप जिल्लाको खाँडादेवि गाँउपालिकाले अस्पताल संचालन गर्ने भएको छ । गाउँपालिका भित्रका नागरिकहरुलाई सहज र सर्वसुलभ ढंगले स्वास्थ्य सेवा उपलब्ध गराउने उदेश्यले गाउँपालिकाले अस्पताल निर्माण गर्ने योजना अगाडि सारेको हो । आर्थिक बर्ष २०७६/७७ बाटै अस्पताल निर्माणको काम अगाडि बढाएर सेवा सञ्चालनमा ल्याउने योजना रहेको गाउँपालिकाले अध्यक्ष प्रेम बहादुर तामाङले बताए ।

आर्थिक बर्ष २०७५÷ ०७६ सम्पादन गरेको कामको बारेमा जानकारी दिन आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाले यही आर्थिक बर्ष भित्र अस्पताल सञ्चालनमा ल्याउने जानकारी गराइएको छ । कार्यक्रममा उठेको प्रश्नको जवाफ दिदै गाउँपालिका अध्यक्ष  तामाङले गाउँपालिकाबाट सञ्चालित सबै योजनाहरु पारदर्शी रहेको बताए । उनले विकास निर्माणको काममा नागरिकहरुको साथ र सहयोग लिएर नै अगाडि बढने प्रतिबद्धता व्यक्त गरे । दुई बर्षको अवधिमा गाउँपालिकाभित्र सडकको सडक कालोपत्रको काम अगाडि बढेको बताउदै विद्युतीकरण, खानेपानी, कृषि लगायतको क्षेत्रलाई उच्च प्राथमिकता दिएर काम गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्