कोरोना बिरुद्ध नागरिकदेखि जनप्रतिनिधिसम्म एकजुट भएका छौः अध्यक्ष बोहोरा

कोरोना बिरुद्ध नागरिकदेखि जनप्रतिनिधिसम्म एकजुट भएका छौः अध्यक्ष बोहोरा

बैतडी । जिल्लाको डिलासैनी गाउँपालिका कोभिड १९ विरुद्ध सक्रिय रुपमा लागेको छ ।
नगरपालिकामा हालसम्म हालसम्म २७६ जनाको पिसिआर र १४ सय जनाको आरडिटि परिषण गरिएकोमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको अध्यक्ष उकेन्द्र बहादुर बोहोराले जानकारी दिनुभयो । उहाँहरु अहिले पुर्ण रुपमा ठिक भईसक्नु भएको उहाँले बताउनुभयो ।


५० लाखको विशेष कोष स्थापना गरेर कोभिड–१९ रोकथाम तथा नियन्त्रण अभियानमा लागिरहेको डिलासैनी गाउँपालिकाले भारतबाट लुकिछिपी आउनेलाई सबैभन्दा चुनौतीको रूपमा लिएको छ । सीमित स्रोत साधनका बीच गाउँपालिकाले तयारी गरिरहेको गाउँपालिका अध्यक्ष बोहोराले जानकारी दिनुभयो । महामारीबारे जनचेतना फैलाउने, लकडाउनको पालना गराउने, राहत वितरण गर्ने लगायतका काम भइरहेको उनले बताए। भौगोलिक कठिनाइका कारण लकडाउनको पूर्ण पालना गर्न नसकिएको, पर्याप्त स्वास्थ्य सुरक्षा सामग्रीको अभावका बावजुद स्वास्थ्यकर्मीलाई काममा लगाउनुपरेको, सुरक्षाकर्मीको कमी भएको लगायतले महामारी रोकथाम र नियन्त्रण फितलो भइरहेको अध्यक्ष उकेन्द्र बोहराले बताउनुभयो ।

डिलासैनी गाउँपालिकाले यो महामारी नियन्त्रण तथा रोकथामका लागि खटिने क्रममा मृत्यु भएमा उनका आश्रित परिवारलाई १० लाख रूपैयाँ राहत दिने निर्णय समेत गरेको छ । अध्यक्ष बाहोराले बिपदमा जनताको सहयोग बिना कुनै काम गर्न नसकिने बताउँदै जनताको सहयोग प्राप्त भएको बताउनुभयो । कोरोना संक्रमण विरुद्ध गाउँपालिकामा जनतादेखि जनप्रतिनिधिसम्मको तालमेल मिलेकोले काम गर्न अझ सहज भएको अध्यक्ष उकेन्द्र बहादुर बोहोराले बताउनुभयो ।

सबैजना एकजुट भएका कारण गाउँपालिकामा क्वारेन्टाइन निर्माणदेखि राहत वितरण लगायतको काम प्रभावकारी तरिकाले भएको अध्यक्ष बाहोराले दाबी गर्नुभयो । यो संकटको बेला सबै काम पूर्णरुपमा भने गर्न नसकिएको उहाको भनाई छ । बिपद्का बेलानै जनप्रतिनिधिको बास्तविक परीक्षा हुने भएकोले जनतालाई समस्या पर्दा जनप्रतिनिधि नै अगाडी बढ्नुपर्ने उहाँको धारणा छ । गाउँपालिकाभित्र प्रत्येक वडा कार्यालय, स्वास्थ्य चौकी लगायतका बिभिन्न चोकमा साबुनपानीले हातधुने ब्यवस्था गर्दै कोरोना बिरुद्धको जनचेतनाका लागि स्वास्थ्य संस्था र वडा कार्यालयहरुमा प्रचार प्रसार समाग्री पम्पलेट तथा बोर्डहरु राखिएको छ ।

गाउँपालिकाले कोरोना महामारीका बिचपनि सामाजिक दुरी कायम गर्दै सेवा प्रवाह गरिहेको अध्यक्ष बाहोराले बताउनुभयो । तेस्रो मुलुक बाट आएका मानिसहरुलाई जिल्ला सदरमुकाममा व्यवस्था गरिएको क्वारेन्टाइनमा राखीएको उहाँले बताउनुभयो । उहाँहरुलाई कोरोना परिक्षण गरेर रिपोर्ट नआएसम्म क्वारेन्टाईनमानै राख्ने गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्