कोरोनालाई हराउँदै घर फर्के नौमुले गाउँपालिकाका सबै संक्रमित

कोरोनालाई हराउँदै  घर फर्के नौमुले गाउँपालिकाका सबै संक्रमित

दैलेख । नौमुले गाउँपालिकाले कोरानाको सामना गर्न बिभिन्न उपायहरू अवलम्वन गरिरहेको छ । सम्भावित जोखिमहरूलाई अवसरको रूपमा लिएर काम गरिरहेको गाउँपालिका स्वास्थ्य शाखाका भुपेन्द्र शाहीले बताउनुभयो । उहाँले गाउँपालिकामा १४७ जना व्यक्तिलाई कोरोना संक्रमण देखिएको थियो हाल सबै जना ठीक भई घर फर्किसकेको बताउनुभयो । संक्रमित व्यक्ति सबै भारत र अन्य मुलुकबाट आएका नागरिक भएको उहाँले बताउनुभयो ।

भुपेन्द्र शाही

हालसम्म ७९१ जनाको पि.सि.आर परीक्षण भइसकेको उहाँले बताउनुभयो । गाउँपालिकामा सुरुमा विद्यालयसहित १३ वटा क्वारेन्टाइनको व्यवस्था गरिएको थियो भने अहिले सबै विद्यालयमा क्वारेन्टाइन हटाएर छुट्टै क्वारेन्टाइन निर्माण गर्ने तयारी भइरहेको शाहीले बताउनुभयो । त्यसैगरी कोरोना भाइरससँग लड्न गाउँपालिकामा चाहिने स्वास्थ्यकर्मी तथा प्रविधि गाउँपालिकाबाट नै व्यवस्था गर्दै आइरहेको उहाँले बताउनुभयो ।

गाउँपालिकाले टोल टोलमा माइकिङ गरेर नागरिकलाई सतर्कता गराउने, पोस्टर पम्पलेट टाँस्ने र स्वास्थ्यकर्मी परिचालन गरी सम्पूर्ण नागरिकलाई यस महामारीबाट बच्नलाई सचेत गराइरहेको उहाँले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्