कोरोनाको समाना गर्दै कालिन्चोक गाउँपालिका वडा नं. ४ लामिडाँडा

कोरोनाको समाना गर्दै कालिन्चोक गाउँपालिका वडा नं. ४ लामिडाँडा

लामिडाँडा, दोलखा । दोलखाको कालिन्चोक गाउँपालिका वडा नं. ४ लामिडाँडा कोरोना माहामारीको समाना गर्न निरन्तर लागी परेको छ । वडामा हालसम्म कोरोना संक्रमित नभेटिएपनि कोरोना संक्रमणबाट बच्न वडाले विभिन्न सावधानीका उपायहरू अपनाएको वडाध्यक्ष केशव बहादुर ठकुरीले बताउनुभयो ।
विदेशबाट आउने ब्यक्तीहरुलाई १४ दिन क्वारेन्टाईनमा राखेर पिसिआर परीक्षण गर िनेगेटिभ रिपोर्ट आएपछी मात्र घर पठाउने गरिएको उहाँले जानकारी दिनुभयो । पोजेटिभ रिपोर्ट आएकाहरुलाई आईसोलनमा पठाउने गरिएको छ ।
देश संघियतामा गएकोले कोरोना महामारीको सामना गर्न सहज भएको उहाँको दाबी छ । “संघियता भएकै कारणले अहिले संघ, प्रदेश र स्थानिय सरकार छ । स्थनिय सरकारले कोरोना बिरुद्धको अभियान महत्वपुर्ण भुमिका निर्वाह गरेको छ । हामिले क्षमताले भ्याएसम्म काम गरेका छौं”, उहाँले भन्नुभयो । कोरोनाबाट नागरिकलाई बचाउन वडामा विभिन्न जनचेतना मुलक कार्यक्रमहरू गरिरहेको उहाँले बताउनुभयो । लगायतका बिभिन्न संघ सस्थाको सहयोगमा वडा कार्यालयले मास्क, सेनिटाईजर लगायतको स्वास्थ्य सामाग्री बितिरण गरेको उहाँले बताउनभयो । उहाँले भन्नुभयो, ‘संक्रमण फैलिन नदिन वडामा सामाजिक दूरी कायम गर्ने, भेला सम्मेलन जस्ता क्रियाकलापहरू नगर्न भनेको छौँ ।’
कोरोनाले गर्दा धेरै चुनौतिको सामना गर्नुपरेको वडा अध्यक्षले बताउनुभयो । उहाँले भन्नुभयो ‘महामारीले गर्दा धेरै किसिमका चुनौतिको सामना गर्नुपर्यो त्यहिपनि हामीहरूले यसलाई व्यवस्थापन गरिरहेका छौं । “हामि जनप्रतिनिधिले दिनरात नभनी वडाको बिकासको लागी काम गरिरहेका छौं । वडाले गरेको कामबाट वडाबासिहरु सन्तुष्ट नै रहेका छन ।” उहाँले भन्नभयो ।
“वडाले कनै ठुलो योजनाको काम गर्न सक्दैन । गाउँपालिकाको निर्देशन अनुसार काम गर्नुपर्ने भएको ठुलो योजना गाउँपालिकामानै पेश गर्ने गरिएको छ,”उहाँले बताउनुभयो ।
बिपत न्युनिकरणको लागी वडा कार्यालयले समिति गठन गरेको उहाँले जानकारी दिनुभयो । उक्त समितीले कोरोना माहामारीमात्र नभएर जुकसुकै बिपतको बेला नागरिकलाई सहयोग गर्ने उहाँले बताउनुभयो । उहाँले सम्पूर्ण नेपालीलाई कोरोनाबाट बच्न विभिन्न किसिमका सावधानी अपनाउन आग्रह समेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्