कोरोनाको जोखिम मोलेरै भएपनि गाउँ फकर्नेहरुलाई सहयोग गर्न सक्रिय छन् केसी

कोरोनाको जोखिम मोलेरै भएपनि गाउँ फकर्नेहरुलाई सहयोग गर्न सक्रिय छन् केसी

काठमाडौं । कोरोना भाईरसका कारण यतिखेर नेपाल र विश्व नै आतंकमा छ र यो बेला सामान्य मजदुर र गरिबहरु सबै भन्दा संकटको अवस्थामा छन् ।
विशेषगरि, राजधानी काठमाडौंमा दैनिकरुपमा ज्याला मजदुरी गर्नेहरुको अवस्था दयनिय हुँदा पनि अरुको त कुरै छोडौं स्वंम मजदुर नेता भनाउदाहरु पनि गायव जस्तै छन् तर लामो समय यातायात मजदुर क्षेत्रमा सक्रिय दोलखा निवासी सुन्दर केसी भने दोलखा र रामेछापवासीहरुलाई खोजी–खोजी जिल्ला पठाउने कार्यमै व्यस्त देखिन्छन् । केसी अखिल नेपाल यातायात मजदुर संघको केन्द्रीय उपाध्यक्ष समेत हुन् । केहि दिन अगाडि जिल्ला प्रशासन कार्यालय काठमाडौं र भक्तपुरमा भेटिएका केसीले हालसम्म करिव २५ वटा पास बनाएर काठमाडौंबाट दोलखा र रामेछाप फर्कन चाहनेहरुलाई सहयोग गरिसकेका छन् ।
मुलुकमा लकडाउन सुरु भएसंगै, विहानदेखि बेलुकासम्म सवारी पास बनाउने र काठमाडौंमा फसेकाहरुलाई गाउँ पठाउन यता उता गर्नु उनको दिनचर्या जस्तै बनिसकेको छ । उनी भन्छन् सबैलाई लकडाउन छ तर श्रमजिवीहरुको आवाज सुनिदिने र समस्या बुझिदिने कोही छैन् त्यसकारण म आफै अघि सरेर सहयोग गर्ने सोच बनाएको हुँ । उनी यस्तो कार्यलाई विशुद्ध मानवसेवाको रुपमा बुझ्छन् । उनी अगाडि भन्छन्, म आफै मजदुर र मजदुर नेता पनि भएकोले मजदुरी गर्नेहरुको व्यथालाई मनन गर्न सक्दछु त्यहि भावले कोरोनाको पर्वाह नगरी मैदानमा छु तर प्रशासनले पास उपलब्ध गराउन आनाकानी गरेकाले कठिन भईरहेको छ ।
गाउँ फकर्नेहरुलाई सरकारले नै गाउँ लैजाने व्यवस्था गरे र नेता भनेर हिड्नेहरुले सर्वसाधारणहरुको भावना र दुखलाई बुझ्न सके कोरोनाको सामना र गाउँ फर्कनेहरुको सहजै व्यवस्थापन गर्न सकिने उनको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्