कोरिया आएका नेपाली मौसमी कामदारहरुको भिषा प्रबेश अघि नै रद्ध

कोरिया आएका नेपाली मौसमी कामदारहरुको भिषा प्रबेश अघि नै रद्ध

दक्षिण कोरिया। कोरिया प्रवेश गरेका नेपाली मौसमी कामदारलाई इन्छन विमानस्थलको अध्यागमन विभागले प्रबेश नदिई फिर्ता पठाएको छ । कोरियाको पोछन नगरपालिका र सुर्खेतको पन्चपुरी नगरपालिका बीच सिधा सम्झौता पछी मौषमी कृषि क्षेत्रमा काम गर्ने गरि १३ जना नेपाली कामदार कोरिया प्रवेश गरेका थिए । गत अगस्ट १३ तारिख इन्छन विमानस्थलमा प्रवेश गरेका उनीहरुलाइ प्रवेश हुनु अगाबै पोछन नगरपालिकाले भिषा रद्व गरेपछि फिर्ता पठाइएको हो ।
प्रवेश गरेका १३ जना मध्ये ८ जना आफ्नै खर्चमा नेपाल फिर्ता भएतापनि ५ जना भने कोरिया प्रवेश गर्न पाउनुपर्ने माग राख्दै बिमानस्थलमाको आगमन कक्षमा अलपत्रै बसिरहेको कोरियन संचार माध्यमहरुले जनाएका छन् ।
उनीहरूमध्ये ८ जना अंग्रेजी भाषा बोल्न नजानेकोले फिर्ता भएका छन् भने अंग्रेजी भाषामा बोल्न सक्ने ५ जनाले जसरि पनि प्रवेश पाउनुपर्ने माग गर्दै धर्नामा बसेको बताईएको छ । यद्यपी अध्यागमन विभागले उनिहरुलाई फिर्ता हुन दवाब दिँदै यदि फिर्ता नभए जबर्जस्ति फिर्ता पठाउने समेत बताएको छ । त्यस्तै कामदार सम्झौता गरेको पोछन नगरपालिकाले समेत उनीहरुलाई भिषा रद्व भएका कारण स्वदेश फिर्ता हुन भनेको छ ।
गत अप्रिलमै कोरिया प्रवेश गर्नुपर्ने उनीहरुलाई तेस्रो ब्याक्ति मार्फत सम्झौता गरिएकोले कामदार पठाउने प्रक्रियामा ढिलाई हुँदा भिषा रद्व भएको हुन् सक्ने बताइएको छ । उनीहरु भारतको बाटो हुदै कोरिया प्रवेश गरेका थिए ।
कोरियामा मौसमी कामदारको अभावलाई पूर्ति गर्न नगरपालिकाले गरेको सम्झौताको आधारमा न्याय मत्रलायाले यो बर्ष नेपाल बाट ६९ जना कामदारको लागि अनुमति प्रदान गरेको थियो । त्यस्तै मंगोलिया तथा फिलिपिन्सबाट समेत मौसमी कामदार ल्याउने सम्झौता भएको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्