कृषि र पुशपालनमा जोड दिदैं, सोलुखुम्बुको सोताङ गाउँपालिका

कृषि र पुशपालनमा जोड दिदैं, सोलुखुम्बुको सोताङ गाउँपालिका

विकास निर्माण सम्बन्धी धेरै अधिकार स्थानीय सरकारले पाएसँगै त्यसको सदुपयोगका निम्ति जनप्रतिनिधिहरु लागी परेका छन् । स्थानीय सरकारले दिगो विकास र समृद्ध जीवनको परिकल्पना सहित सडक, खानेपानी, सरसफाई, शिक्षा, स्वास्थ्य, विद्युत र आधुनिक कृषि खेती लगायतका विषयलाई पहिलो प्राथमिकतामा राखेर काम अघि बढाईरहेका छन् । स्थानिय सरकारले सबै वडा कार्यालयमा सडक बाटो, सबै बस्तीमा स्वच्छ खानेपानी, युवा स्वरोजगार, सर्वसुलभ र समान शिक्षा, कृषिमा आधुनिकरण जस्ता विकासका काम गर्दै आएका छन् ।

सोलुखुम्बुको सोताङ गाउँपालिका पनि आफ्नो विकासको पूर्वाधार निर्माणका कामहरुमा अग्रसर भएर लागि परेको छ । सबै वडाहरुमा सडक विस्तार तथा स्तरोन्नती गर्ने काम भइरहेको गाउँपालिका अध्यक्ष विरबहादुर राईले बताउनुभयो । गाउँपालिका भवन निर्माण र वडा कार्यालयहरुले भवन निर्माण भइरहेको छ । गाउँपालिकाका सम्पुर्ण नागरिकहरुलाई स्वास्थ्य सेवाको सहज पहँुच पुर्याउन प्रत्यक वडामा स्वास्थ्य चौकीको स्थापना गरिएको छ । केहि बर्ष भित्र सल्यक्रिया सहितको स्वास्थ्य उपचार दिनगरि अस्पतालको निर्माण कायृ अघि बढाइएको छ । गाउँपालिकाको केन्द्रबाट सबै वडामाहरु सडक संजाल बिस्तार गर्ने योजना बनाएको सातोङ गाउँपालिकाले ति सडकहरुलाई बाह्रै महिना गाडि चल्न सक्ने गरि बिस्तार गरिहेको छ । कृषि र पशुपालनमा जोड दिएको गाउँपालिकाले गाई र भैसि पालन गर्ने कृषकहरुलाई अनुदान दिने ब्यवस्था पनि गरेको छ । यस्तै, उन्नत जातको बोका वितरण, तरकारी खेति गर्नेहरुलाई अनुदान, टनेलको लागी प्लास्टिक वितरण, नर्सरिको विरुवा वितरण लगायतको काम पनि गाउँपालिकाले गरिहरेको छ । समग्रमा गाउापालिकालाई आर्गानिक गाउापालिका बनाउने योजना रहेको अध्यक्ष राईले बताउनुभयो । १ घर १ तरकारि बालि बनाउने अभियानमा पनि गाउँपालिका जुटेको छ ।

राजधानि काठमाण्डौ र सोलु जोड्ने दुधकोशी ब्रलिब्रिजलाई स्थायीमा रुपमा संचालनमा ल्याइएको अध्यक्ष राईले जानकारी दिनुभयो । पर्यटनलाई बिशेष जोड दिएको गाउँपालिकाले पर्यटकिय स्थलहरुको पहचिान गरि प्रचार प्रसार गर्ने योजना बनाएको छ । गाउँपालिकाका युवाहरुलाई स्थानियस्तरमानै स्वरोजगार बनाउन सोताङ गाउँपालिकाले बिभिन्न किसिमका सिपमुलक तालिमहरु दिने गरेको छ । यस्ता समग्रह कुराहरुलाई नियाल्ने हो भने, सिंहदरबारको अधिकार गाउँ गाउँमा पुगेको अध्यक्ष राई बताउनुहुन्छ । तर, अन्य गाउँपालिकामा जस्तै विहादी गाउँपालिकामा पनि कर्मचारीको अभाव रहेको छ ।

विश्वभर फैलिएको कोरोना महामारीको असर सोताङ गाउँलिकामा पनि देखियो तर जनप्रतिनिधि, कर्मचारी र स्थानीयवासीहरुको साथ सहयोगले यहाँ नागरिकलाई सुरक्षित राख्न गाउँपापालिका सफल भएको छ । कोरोना माहामारीमा गाउँपालिकाले पिडितहरुलाई राहत वितरण, मास्क , सेनिटाइजरको बितरण, आरडिटि र पिसिआर परिक्षण गर्दै यसको नियन्त्रण गर्ने प्रयासहरु गरेको थियो । यसले पनि विहादी गाउँपालिकाको प्रभावकारी योजना र चुस्तदुरुस्त व्यवस्थापनलाई झल्काउदछ । आगामी दिनमा गाउँपालिकावासीहरुको हित र अपेक्षालाई मध्यनजर गर्दै गाउँपालिकाको सम्पुर्ण विकास निर्माणका कामहरु अगाडि बढाउने गाउँपालिका अध्यक्ष राईको योजना छ ।

प्रतिक्रिया दिनुहोस्