कृषि र पशुपालनमा जोड दिदैं , मुस्ताङको थासाङ गाउँपालिका

कृषि र पशुपालनमा जोड दिदैं , मुस्ताङको थासाङ गाउँपालिका

मुस्ताङको थासाङ गाउँपालिकाले कृषि र पशुपालनमा बिशेष जोड दिएर काम गरिहेको छ ।

अध्यक्ष बुद्धि प्रसाद शेरचनका अनुसार गाउँपालिकाले किसानहरुलाई ब्यवसायीक खेतिमा आकर्षित गर्न कृषिमा अनुदान, तालिम दिने ब्यवस्था गरेको छ । गाउँपालिका अगुवा कृषकहरुलाई उन्नत जातको गाई वितरण समेत गरेको छ । आगामी दिनमा पनि अन्य किसानहरुलाई गाई वितरण गर्ने योजना रहेको अध्यक्ष शेरचनले बताउनुभयो । गााउपालिकाले केहि वडाहरुलाई आलु पकेट क्षेत्रको रुपमा घोषणा गरेको छ ।

गाउँपालिकाका पहिरोको जोखिममा रहेका बस्तिहरुले स्थानान्तरण र पहिरो रोकथाममा पनि काम भइरहेको छ । सबैवडाहरुमा बिद्युतको सुबिधा बिस्तार गर्ने गाउँपालिकाको तयारि छ । गाउँपालिको आफ्नै सुविधा सम्पन्न भवन निर्माणको तयारि भइरहेको छ । वडाकार्यालय भवनहरु केहि निर्माण भईसकेका छन भने केहि निर्माणधिन चरणमा रहेका छन । गाउँपालिकाले भौतिक पुर्बाधारमा पनि उल्लेखनिय प्रगति गरेको छ । स्वास्थ सेवाको पहुँच सम्पुर्ण गाउँपालिकाबासिमा सम्पुर्ण वडाहरुमा स्वास्थ्यचौकीको निर्माण गरिएको छ । नागरिककै सहजताको लागि गाउँपालिकाले १५ शैयाको अस्पतालको शिलान्यास गरि निर्माण कार्य अघि बढाएको छ । गाउँपालिका सम्पुर्ण वडाहरुमा खानेपानीको सुबिधा पुर्याउन एक घर एक धाराको अभियान सन्चालन गरि काम गरिरहेको अध्यक्ष शेरचनले जानकारी दिनुभयो । यस्तै सम्पुर्ण वडाहरुमो सिंचाईको सुविधा पुर्याउन गाउँपालिकाले बिशेष प्राथमिकता दिएको छ । गाउँपालिकाले गाउँपालिकाको केन्द्र सम्म सबै वडा लाई जोड्ने सडकको निर्माण कार्य पनि तिब्र गतिमा गरिरहेको छ ।

विश्वभर फैलिएको कोरोना महामारीको असर चौकुने गाउँपालिकालाई पनि देखियो तर जनप्रतिनिधि, कर्मचारी र स्थानीयवासीहरुको साथ सहयोगले यहाँ नागरिकलाई सुरक्षित राख्न गाउँपालिका सफल भएको छ । कोरोना माहामारीमा गाउँपालिकाले पिडितहरुलाई राहत वितरण, मास्क , सेनिटाइजरको बितरण, आरडिटि र पिसिआर परिक्षण गर्दै यसको नियन्त्रण गर्ने प्रयासहरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्