कृषि र धार्मिक क्षेत्रमा विशेष प्राथामिकता दिदैं सिम्रौनगढ नगरपालिका

कृषि र धार्मिक क्षेत्रमा विशेष प्राथामिकता दिदैं सिम्रौनगढ नगरपालिका

रचना तिमल्सिना
 सिम्रौनगढ नगरपालिका । बारा जिल्लाको सिम्रोनगढ नगरपालिकाले कृषि र धार्मिक क्षेत्रलाई अगाडी बढाएको छ ।

यस पालिका धार्मिक र पर्यटकीय क्षेत्रको हिसाबले निकै महत्वपूर्ण स्थान रहेको हुनाले आवश्यक संरचना निर्माण कार्य भइरहेको नगर प्रमुख विजय शंकर यादवले भन्नुभयो । नेपालकै सबैभन्दा ठुलो पोखरी रहेको छ । उक्त पोखरीलाई आवश्यक सुधार गर्नको लागि डि.पी.आर तयार भइरहेको छ भने टेन्डरको प्रकृयामा रहेको यादवले बताउनु भयो ।

उहाँको भनाई अनुसार, आफु निर्वाचित भए पछि नगरमा अन्य भौतिक पूर्वाधारहरुको काम पनि चौतर्फी रुपमा भइरहेको छ । सडक, खानेपानी, स्वास्थ्य र शैक्षिक क्षेत्रमा विकास निर्माणको कार्य भएको नगर प्रमुख यावदको भनाई छ । प्रत्येक वडाको सडकलाई कालोपत्रे गर्नुका साथै र सडक नपुगेको ठाउँमा निर्माण गर्ने कार्य भइरहेको यादवले जनाउनु भयो ।

शैक्षिक क्षेत्रमा विद्यालयको भवन निर्माण कार्य सम्पन्न भएको र गुणस्तरीय शिक्षाको लागि पहल भइरहेको उहाँले भन्नुभयो । नगरको सबै वासिन्दाहरुलाई चापाकल वितरण गरिएको छ । स्थानीय स्तरमा उत्पादन भएका तरकारीहरुलाई बजारीकरण गर्नको लागि डि.पी.आर तयार भएको छ । विगतको तुलनामा भन्दा यस पालिकाले सम्पूर्ण क्षेत्रलाई समेट्दैं विकास निर्माण कार्यमा उल्लेखनीय प्रगति गर्दै आइरहेको देखिन्छ ।

यस्तै, कोरोनाको उच्च जोखिम रहेककोले संक्रमण रोकथामको लागि पालिका टोलटोलमा जनचेतनामुलक कार्यक्रम मार्फत नागरिकहरुलाई सतर्कता गरेको थियौं यादव बताउनु हुन्छ । बाहिरबाट आएका नागरिकहरुको लागि नगरस्तरीय क्वारेन्टाइन र होम आइसोेलेशनमा राख्ने व्यवस्था गरेको नगर प्रमुख यावदको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्