कृषि क्षेत्रमा विशेष प्राथमिकता दिदैं, गुल्मी दरबार गाउँपालिका वडा नं. २

कृषि क्षेत्रमा विशेष प्राथमिकता दिदैं, गुल्मी दरबार गाउँपालिका वडा नं. २

गुल्मीको गुल्मी दरबार गाउँपालिका वडा नं. २ कृषि क्षेत्रमा विशेष प्राथमिकता दिएर काम गरिहेको छ । वडा अध्यक्ष हरिहर गौतमका अनुसार वडाले कृषकहरुको लागी टनेल वितरण, प्लास्टिक पोखरी निर्माण लगायतको योजना ल्याएको छ ।
वडाले गाउँपालिकाको सहयोगमा खानेपानिको बिस्तारको काम पनि गरिरहेको छ । बिगतको तुलनमा अहिले खानेपानिको धेरै ठाउँमा सहज तरिकाले पुगेको छ । २ वडा लिफ्टिक खानेपानि आयोजना सम्पन्न भईसकेको छ ।
स्वास्थ्यको क्षेत्रमा १ करोड ५३ लाखको लागतमा स्वास्थ्य भवन निर्माण सम्पन्न भएको छ । उक्त मवनमा बर्थिङ सेन्टर र लव संचालन गर्ने योजना रहेको वडाध्यक्ष गौतममले जानकारी दिनुभयो । विगतको तुलनामा अहिले वडामा आफुहरु निर्वाचित भएर आएसँगै सम्पुर्ण टोलहरुमा सडक पुर्याउन सफल भएको वडाध्यक्ष गौतमले बताउनुभयो । अहिले भएको सडकहरुलाई कालोपत्रे र स्तरोन्नती र नया ट्रयाक खोल्ने काम पनि भईरहेका छन ।

प्रतिक्रिया दिनुहोस्