कृषिलाई ब्यवसायीकरण गर्दै, धनुषाको मिथिला नगरपालिका

कृषिलाई ब्यवसायीकरण गर्दै, धनुषाको मिथिला नगरपालिका

रचना तिमल्सिना ।

‘समृद्ध नेपाल, सुखी नेपाली’को अवधारणा बोकेको स्थानिय सरकार गठन भएको साढे तीन वर्ष बित्न लागेको छ । जनताको विश्वास अनि भरोसा जितेका जनप्रतिनिधिहरुले आ–आफ्नो क्षेत्रबाट कार्य गर्दै आएका छन् । धनुषाको मिथिला नगरपालिकाका जनप्रतिनिधिले प्रतिबद्धता पूरा गरेकामा स्थानीय खुसी छन् । स्थानीय तह निर्वाचित जन प्रतिनिधिहरु आएसँगै गाउँमा विकासको लहरनै छाएको स्थानीयहरुको भनाई छ । आफुहरुले सकेसम्म राम्रो काम गर्ने प्रयास गरेको र जस्को मुल्यांकन गर्ने जिम्मा जनतामा नै छोडेको नगर प्रमुख हरि नारायण महतोले बताउनुभयो ।

नगरपालिकाले कृषिलाई ब्यवसायीकरण गर्दै स्थानियको जिवनस्तर माथि उठाउने योजना बनाएको छ । नगरका किसानहरुका लागि कृषिमा अनुदानको ब्यवस्था, निःशुल्क मल बिउ वितरण, बिनाधितोमा ऋण दिने जस्ता कार्यक्रमहरु नगरले अघि सारेको छ । नगरले पोखरिया निर्माणको कामलाई पनि अघि बढाएका छन । यसका साथै नगरपालिकाले शिक्षा, स्वास्थ्य, सडक, सामुदायिक भवन, सरकारी भवन, खानेपानी लगायत क्षेत्रमा काम गर्दै आएको जनप्रतिनिधिहरूको दाबी छ । नगर प्रमुख महतोका अनुसार स्थानीय सरकारप्रति स्थानीय जनताको अपेक्षाहरू धेरै छन् ती अपेक्षाहरु नगरले पूरा गर्दै आएको छ । सडकको स्तरोन्नति, सडक, पुलको निर्माण, नगरपालिका कार्यालय भवन, वडा कार्यालय भवन लगायतको पुर्वाधाहरु निर्माणका चरणमा रहेका छन ।

सडक निर्माणमा नगरले उल्लेख्य प्रगती गरेको छ । पुराना सडकहरुलाई ग्राभेल र कालोपत्रे गर्ने, नया सडक निर्माण र स्तरोन्ती गर्ने र आवश्यक सडक पुलहरुको निर्माण नगरले गरिरहेको छ । महिला, विपन्न तथा पिछडिएको बर्गहरुको लागी सीपमूलक कार्यक्रम, रोजगारीमूलक कार्यक्रमहरू संचालन गरिहेको छ । स्वास्थ सेवाको पहुँच सम्पुर्ण नगरवासिमा पुर्याउन नगरका २ स्थानमा सुबिधा सम्पन्न कोभिड अस्पताला संचालनमा रहेका छन ।

कोरोना माहामारीमा नगरपालिकाले करिब ३२ सय घर परिवारलाई राहत वितरण गरेको थियो । कोरोना प्रभावित नागरिकलाई नगरपालिकाले मास्क, सेनिटाईजर लगायतको स्वास्थ्य सामाग्री पनि वितरण गरेको थियो । आगामि दिनमा कोरोना माहामारीको असरलाई कम गर्दै विकास निर्माणको काममा केन्द्रित हुने नगरपालिकाको योजना छ ।

प्रतिक्रिया दिनुहोस्