कृषिमा प्राथमिकता दिदै, रुपन्देहीको कन्चन गाउँपालिका

रचना तिमल्सिना ।

रुपन्देही जिल्लाको कन्चन गाउँपालिकाले कृषि क्षेत्रलाई मुख्य प्राथमिकता दिएको छ ।

गाउँपालिकाले कृषी तथा पशुपालनकोलागि किसानहरुलाई अनुदान दिई युवाहरुलाई कृषि तथ पशुपालन तर्फ आर्कषित गरिरहेको गाउँपालिका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले बताउनु भयो । उहाँका अनुसार गाउँपालिकाले कृषि र पशुपालनमा जोड दिएसँगै युवाहरुलाई गाउँपालिकास्तरमै रोजगार र बिपन्न बर्गको जीवनस्तरलाई माथि उकास्न सहयोग पुगेको छ । गाउँपालिकाले खानेपानीको सुबिधा सबै नागरिकहरुमा पुर्याउन एक घर एक धाराको अभियान चलाएको छ । शैक्षिक क्षेत्रको बिकासको लागि गाउँपालिकाले आफ्नै पहलमा सुबिधा सम्पन्न बिद्यायालय भवनको निर्माण र प्राविधिक एवम गुणस्तरिय शिक्षामा जोड दिएको छ । पर्यटन क्षेत्रको विकास गरि आन्तरिक र बाह्य पर्यटकलाई भित्राउने गाउँपालिकाको योजना छ ।

स्वास्थ सेवाको पहुँच सम्पुर्ण गाउँपालिकावासिमा पुर्याउन गाउँपालिकाले १५ शैयाको सुबिधा सम्पन्न अस्पतालको सिलन्यास गरिसकेको छ । यस्तै ५ वटा वडामा बर्थिङ सेन्टरको स्थापना समेत भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्