कुलमानले भ्रष्टाचार गरेकै हुन त ? संसदमै उठ्यो यस्तो माग !

कुलमानले भ्रष्टाचार गरेकै हुन त ? संसदमै उठ्यो यस्तो माग !

सत्तारुढ नेकपाका सांसद तथा पूर्व उद्योग मन्त्री महेश बस्नेतले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अख्तियार लगाएर छानबिन गर्न माग गरेका छन् ।

मंगलबार बजेटमाथिको छलफलका क्रममा प्रतिनिधि सभा बैठकमा उनले सार्वजनिक लेखा समितिले पनि घिसिङमाथि छानबिन गर्नुपर्ने माग गरेका हुन् । प्राधिकरणले ९ अर्ब बढी बक्यौता नउठेको विषयमा नेकपा सांसद अमनलाल मोदीले प्रश्न सोध्दा नानाथरी आरोप लगाएको भन्दै घिसिङलाई छानबिन गर्न बस्नेतले माग राखेका हुन् ।

उनले भने,‘भारतबाट खरिद गरिएको पथलैया ट्रान्समिसन लाइनबाट २२५ मेगावाटको प्रयोग गरे पनि नगरे पनि १० रुपैयाँ ६८ पैसा तिर्नुपरेको छ । यी कुरा उठाउँदा मोदीमाथि सामाजिक संजालले तल्लो स्तरमा ओर्लेर गाली गरेको सुनियो ।’

उनले कुलमान घिसिङले पनि उक्त गाली गलौचलाई बढावा दिएको बताउँदै भने,‘कुलमानजीले पनि मलाई अनेक आरोप लगाइयो, घेराबन्दी गरियो भनेको पाइयो । कुलमानजीले गरेका काममा हाम्रो साथ सहयोग र समर्थन छ । मोदीजीले उठाएका विषय गम्भीर छन् ।’

यो पनि पढ्नुहोस्ः–

अमनलाल मोदी भन्छन्ः मैले कुलमानलाई भ्रष्ट्राचारी भनेर ठोकुवा नै त गरेको छैन नि !

नेकपा नेता तथा सांसद अमनलाल मोदीले आफुले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भ्रष्टाचार नै गरेको भनेर ठोकुवा नगरेको बताए । बुधबार एक टेलिभिजनमा अन्तरवार्ता दिँदै मोदीले प्राधिकरणले उठाउन बाँकी बक्यौता रकमको बारेमा आफुले प्रश्न मात्र गरेको स्पष्ट पारेका छन् ।

राज्यको ढुकुटीमा नौ अर्बभन्दा धेरै रकम बक्यौता रहेको र त्यसमा आफुले प्रश्न गरेको बताएका छन् । ‘प्रश्न गर्ने अधिकार सबैमा हुन्छ’, उनले भने, ‘सार्वजनिक लेखा समितिको वैठकमा छलफलको एजेण्डा बनेपछि मैले प्रश्न गरेको हुँ ।’ छलफलको क्रममा विगत तीन बर्षदेखिको बक्यौता कुल नौ अर्ब उठाउन बाँकी रहेको र त्यसमा कतै घिसिङकै मिलिभगत त छैन भनि आफुले प्रश्न गरेको बताए ।

एक बर्षभन्दा अगाडीको डाटा रेकर्डमा नहुने विद्युत प्राधिकरणले नै भनेको आधार मान्ने हो भने नौ अर्ब बक्यौता रकम कसरी उठाउने भन्ने प्रश्न पनि घिसिङमाथि उठ्ने बताए । जनताको रगत र पसिनाको पैसा राज्यको ढुकुटीमा जम्मा हुनुपर्ने आफ्नो माग रहेको उनले बताए । त्यति ठुलो रकम बैँकमा जम्मा भएको भएपनि निकै धेरै ब्याज जम्मा हुने र त्यसलाई विकास निर्माणको काममा लगाउन सकिने उनले बताए ।

कुलमान घिसिङकै कार्यकालमा त्यति धेरै बक्यौता रकम उठ्न बाँकी रहेकाले उहाँमाथि प्रश्न उठ्नु स्वभाविक भएको समेत मोदीले बताएका छन् । कुलमान घिसिङमाथि लगाउनुभएको भ्रष्टाचारको आरोप पुष्टि गर्न सक्नुहुन्छ ? भन्ने प्रश्नमा आफु कसैलाई भ्रष्टाचार प्रमाणित गर्ने व्यक्ति नभएको बताएका छन् । उनले भने, ‘जुनदिन प्राधिकरणले नौ अर्ब बक्यौता रकम उठाउन सफल हुन्छ त्यसदिन म आफै कुलमानलाई फुलमाला लगाएर सम्मान गर्छु ।’

भ्रष्टाचार प्रमाणित भए झुण्डेर मर्छु भन्ने कुलमानको अभिव्यक्ति स्वागतयोग्य रहेको समेत अमनलाल बताउँछन् । उनि भन्छन्, कुलमानले झुण्डेर मर्नुपर्दैन केबल नौ अर्ब बक्यौता रकम उठाए पुग्छ ।’

जोसुकै उद्योगपति र जतिसुकै ठुला नेताहरुसंग साँठगाँठ भएतापनि राज्यलाई तिर्नुपर्ने कर र महशुल तिर्नैपर्नेमा सांसद मोदीले जोड दिए । आफुले विद्युत प्राधिकरणको बारेमा प्रश्न उठाउँदा धेरै मानिसहरुले आफुलाई गालि गरेको र सामाजिक संजालका भित्ताहरुमा श्रद्धाञ्जली समेत दिएको भएतापनि आफुलाई त्यसले कुनै असर नपार्ने र एकदिन सत्यको जित हुने समेत बताए ।

उनले व्यक्तिगत रुपमा कुलमानप्रति कुनै किसिमको रिस राग नभएको बताए । कुलमान घिसिङले लोडसेडिङ अन्त्यका लागि महत्वपुर्ण भुमिका निर्वाह गरेको र उनको भुमिका तारिफ योग्य भएको बताए । तर, एउटा राम्रो काम गरेको व्यक्तिलाई धेरै नराम्रो काम गर्ने छुट पनि राज्यले नदिएको बताए । राम्रो काम गर्ने मानिसहरुविरुद्ध प्रश्न नै उठाउन नपाइने भन्ने व्यवस्था पनि नरहेको स्पष्ठ पारे ।

सांसद मोदी आफुले घिसिङ र सिडिओ संग पाँच लाख रकम मागेको भन्ने कुराहरु पनि भ्रामक र आधारहिन भएको बताउँछन् । जब आफुले कुलमान बिरुद्ध प्रश्न उठाए तब आफुबिरुद्ध भ्रम फैल्याइएको समेत आरोप लगाएका छन् । उनले आफुविरुद्ध लगाइएको आरोप प्रमाणित भए टुँडिखेलमा गएर सार्वजनिक रुपमा आत्मदाह गर्ने समेत चुनौती दिए ।

यो पनि पढ्नुहोस्:–

भ्रष्टाचारी भन्ने मोदीलाई कुलमानले यसरी लगाए ४४० भोल्टको झड्का !

नेपाल विद्युत प्राधिकरणले आफ्ना ग्राहकको संख्या आक्रामक रुपमा बढाएको छ । साढे २ बर्षको समयमा प्राधिकरणले ११ लाखभन्दा बढी ग्राहललाई मिटर वितरण गरेको छ ।

३ वर्ष अघिसम्म प्राधिरकणले वर्षमा मुस्किलले १ लाख मिटर वितरण गर्ने गरेको थियो । कुलमान घिसिङ प्राधिकरणको नेतृत्वमा आएपछि प्राधिकरणले आवस्यकता अनुसार ग्राहकलाई मिटर उपलब्ध गराउँदा ग्राहकको संख्या ह्वात्तै बढेको हो ।

प्राधिरकणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार साढे दुई वर्षको अवधिमा ६५ बाट ७८ प्रतिशतसम्म राष्ट्रिय प्रसारणलाइन पुगेको छ । यसैको बलमा प्राधिकरणले ग्राहकको संख्या आक्रामक रुपमा विस्तार गर्न सकेको हो ।

प्राधिरकणले ग्रामीण विद्युतीकरणलाई प्राथमिकतामा राखेर लाइन नपुगेका क्षेत्रमा बिजुली सेवा पुर्‍याइरहेको छ । यसका लागि दातृ निकायले पनि सघाउँदै आएका छन् भने प्राधिरकणले आफैं पनि बार्षिक रुपमा बजेट छुट्याएर विजुली सेवा विस्तारको काम गरिहरेको छ ।

अढाई वर्षमा करिब १२ प्रतिशतले विद्युत सेवा विस्तार गर्न सफल भएको प्राधिरकणले अबको ४ वर्षमा देशका सबै सम्भाब्य भागहरुमा बिजुली पुर्याइसक्यो लक्ष्य लिएको थियो ।

‘हामीले बिजुलीको पोल, ट्रान्सर्फमर र मिटरका आधारमा हुने राजनीति अन्त्य गर्न सकेका छौं । सर्वसाधारण जनतालाई पोल र ट्रान्सर्फमरका लागि अहिले नेताबाट फोन गराउनुपर्ने अवस्था छैन,’ घिसिङले भने, ‘जनताले माग गर्नासाथ अवस्था हेरेर प्राधिरकणले आवश्यक व्यवस्था गर्छ ।’

२०७३ को भदौमा घिसिङ कार्यकारी निर्देशकमा नियुक्त हुँदा प्राधिकरण ८ अर्ब ८९ करोड खुद नोक्सानीमा थियो । उनले व्यवस्थापकीय कुशलताबाट मुलुकबाट लोडसेडिङ अन्त्य मात्रै गरेनन् घाटामा रहेको प्राधिकरणलाई नाफामा लैजान पनि सफल भएका थिए ।

विद्युत चुहावट नियन्त्रण, प्रशासनिक र वित्तीय सुधारका लागि चालिएका कदमबाट आर्थिक वर्ष २०७३÷७४मा प्राधिकरणले १ अर्ब ४६ करोड ७३ लाख रुपैयाँ खुद संस्थालाई नाफा कमाएको थियो । आर्थिक वर्ष २०७४÷७५ मा नाफा बढेर झण्डै ३ अर्ब पुगेको छ ।

विद्युत चुहावट नियन्त्रणमा हासिल भएको सफलता, भारतबाट आयात र नीजि क्षेत्रका उत्पादकहरुसँगको विद्युतको औसत खरिद दरमा आएको कमी, मर्मत सम्भार तथा प्रशासनिक खर्चमा गरिएको नियन्त्रण, लोडसेडिङ अन्त्य, वित्तीय पुर्नसंरचनाको प्रभावकारी कार्यान्वयन लगायतबाट प्राधिकरण खुद नाफामा जान सफल भएको हो ।

यसैबीच, केही दिन अगाडी सार्वजनिक लेखा समितिको बैठकमा सत्तारुढ नेकपाका सांसद अमनलाल मोदीले कुलमानलाई ९ अर्ब भ्रष्टाचार गरेको आरोप लगाएका थिए । जसको सामाजिक सञ्जाल लगायत सञ्चारमाध्यममा व्यापक आलोचनाको सिकार बनेका थिए सांसद मोदी । कुलमानलाई त्यस्तो आरोप लगाउने मोदीलाई कुलमानले व्याक टु ब्याक राम्रा काम गर्दै गएपछि ठूलो झड्का लागेको हुनुपर्छ ।

यो पनि पढ्नुहोस्ः–

कुलमानलाई भ्रष्टाचारी भन्ने मोदीलाई चर्चित क्याप्टेन बिजय लामाले दिए यस्तो कडा दनक !

उज्यालो नेपालका अभियान्ता एवम् नेपाल विद्युत प्राधिकरण प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङ माथि भ्रस्टाचारको आरोप लगाउने नेकपा संसाद अमनलाल मोदीलाई चर्चित क्याप्टेन विजय लामाले कडा दनक दिएका छन् । लोकप्रिय सामाजिक सञ्जाल फेसबुकमार्फत क्याप्टेन लामाले यस्तो प्रतिक्रिया दिएका हुन् ।

कुलमान जस्तो मान्छे लाइ यस्तो तथ्य बिहिन आरोप लगाएकोमा क्याप्टेन लामा दुखि हुदै यस्तो प्रतिक्रिया फेसबुक मार्फत दिएका हुन्। सांसद अमनलाल मोदिलाई कुलमान जस्तो बिकासका लागि काम गदै अघि बढिरहेको समयमा तथ्य बिहिन नाजायज आरोप नलगाउन भन्दै क्याप्टेन बिजय लामाले कडा प्रहार गरेका छन । क्याप्टेन लामाले कुलमान रात दिन खटेर काम गरि रहेका बेला बिना प्रमाण आरोप लगाउन नमिल्ने भन्दै सुनेको भरमा र तथ्य बिना नबोल्न समेत अनुरोध गरेका छन् ।

जब प्राधिकरणका प्रमुख कुलमानजीले भ्रष्टाचार गरेको छैन भन्दा प्रमाण बिना आरोप लगाइरहने तर यदि प्रमाण भए सार्बजनिक गर्न अनुरोध गरेका छन्। यदि प्रमाण भेटियो भने कुलमानलाई कार्बाही गराउनको लागि आफूहरुनै लागि पर्ने भन्दै बिना तथ्य प्रमाण आरोप नलगाउन अनुरोध गरेका हुन्। सामाजिक संजाल फेसबुक मार्फत देशको बिकाश मा अर्गेलो नबन्न माननीय लाइ सुझाउदै आफ्नो धारणा फेसबुकमा यस्तो स्टाटस लेखेका छन्।

हेर्नुस उनको स्टाटसः–
हाम्रो देशमा सुनेको भरमा, कुनै तथ्य बिना, समाचार या बिना प्रमाण आरोप लगाउने चलन धेरै बडेको छ यो समय!!! अझै भन्ने हो भने सन्सनी पुर्ण समाचार नै बनाएर आफू हिरो बन्न आतुर भएको पनि पाइन्छ जताततै!!

माननीय अमनलाल मोदिले कुलमानजीलाई पनि कतै त्यस्तै गरेको त होइन? कति सम्म अबुझ कुरा गर्नु भएको त्यत्रो जन प्रतिनिधि भएर तपाईं मोदि जि? जब कुलमानजी ले भ्रष्टाचार गरेको छैन भन्दा पनि तपाईं आरोप लगाउदै बसि रहने? कता छ तपाइको मा प्रमाणहरु?

निकाली दिनुस‘हामी नै लाग्ने छौ कुलमान जि लाई कार्बाही गराउन को लागि! नत्र म सङ छ, समय आए पछि दिउला, देशको ९ अरब निकालु ला, कार्बाही गरौला भन्ने जस्तो हावादारी गफ नगर्दा राम्रो होला कि? आफ्नो ओहोदाको पनि मान राख्नु पर्ला कि?

प्रमाण लिएर आउनुस न त्यस्ता बकम्फुसे कुरा गर्नु भन्दा! नेपालको बिकाशमा किन अर्गेलो बन्न खोज्नु हुन्छ तपाईं जस्ताहरु? किन हिरो बन्न खोज्नु भएको? हेर्नुस मित्र मोदि‘एउटा संबेदनसिल ठाउमा र स्थान हुनुहुन्छ र त्यस्को गरिमाको पनि ख्याल गर्दिनु होला!

नेता जनता भन्दा माथी छौ भन्ने सोच नराख्नु होला!!! तपाइहरुलाइ जनताले सहि काम कुरा गर्न जिताएका हुन नकि यस्तो सहि काम गरेर अहोरात्र खटेर इमानदारी पुर्बक काम गर्ने हरुलाइ नाजायज आरोप लगाएर बिकाश लाई ठप्प पार्नलाइ!

प्रतिक्रिया दिनुहोस्