कालीकोट जिल्लाकै नमुनाको रुपमा परिचित हुदैं: शुभकालीका गाउँपालिका

कालीकोट जिल्लाकै नमुनाको रुपमा परिचित हुदैं: शुभकालीका गाउँपालिका

कविता पोखरेल
माघ १६, शुभाकालीका गाउँपालिका । मुलुकमा स्थानीय सरकारको व्यवस्थापन भएको करिब साढे ३ वर्ष भयो । कतिपय स्थानीय तहहरुमा छोटो समयमा नै विकासको मार्गले गति लिएको अवस्था छ । यिनै, स्थानीय तहहरु मध्ये कालीकोट जिल्लाको शुभकालिका गाउँपालिका एक उदाहरण हो । पालिकादेखि वडा कार्यालयसम्म जोड्ने निर्माण भएका सडकलाई सुधार गर्ने देखि सडक नपगेको ठाउँमा निर्माण गर्ने कार्य भइरहेको पालिकाका, अध्यक्ष खडानन्द चौलागाईले भन्नुभयो । यो सडक निर्माण पछि नियमित रुपमा सवारी साधन चल्ने र यात्राको लागि सहज हुनेछ ।

“ एक घर एक धारा ” कार्यक्रम सञ्चालन गरी पालिकाको करिब १६ सय घर धुरीहरुलाई खानेपानीको सुविधा पु¥याएको छ । कृषि र शैक्षिक क्षेत्रमा विगतको तुलनामा भन्दा निकै स्तरउन्नती गरेको छ । कृषकहरुलाई विभिन्न उन्नत जातको विउ विजत वितरण गर्नुका साथैं युर्वावर्गहरुलाई पशुपालन र तरकारी खेखीमा रोजगार प्रदान गर्दै आएको अवस्था छ । पालिकाको सम्पूर्ण विद्यालयहरुमा शिक्षक दरबन्दी गर्नेे देखि गुणस्तरीय र सर्वसुलभ शिक्षामा विशेष आह्वान गर्दै आएको छ भने विद्यालयहरुमा आवश्यक भौतिक संरचनाहरु निर्माण गर्दै आइरहेको छ ।

यस शुभकालिका गाउँपालिकाले १७ वटा विद्यालयहरुलाई नमुना विद्यालयको रुपमा घोषना समेत गरेको छ । यस्तै, पालिकाले सुचना तथा सञ्चार क्षेत्रअन्तर्गत २ वटा सञ्चार नेटवर्क निर्माण गरेको छ । मुलुकको कतिपय क्षेत्रमा स्वास्थ्य सेवाबाट बञ्चित भइरहेको अवस्थामा यस पालिकाले आम जनताहरुको स्वास्थ्य क्षेत्रलाई मध्येनजर गर्दै सबै वडामा स्वास्थ्य सेवाको पहुच पु¥याएको छ ।

स्थानीय सरकार गठन भएको करिब साढे ३ वर्षको अबधिमा अध्यक्ष चौलागाईले पालिकालाई सुन्दर र समृद्धिको उचाईमा पु¥याउनको निम्ती जुन कदम चाल्नु भयो त्यो वास्तवमै प्रेरणादायी छ । विश्व महामारीबाट धेरै मुलुकहरु आतंकित भइरहेको बेला पालिकाले कोरोना संक्रमण न्यूनीकरणको लागि आम जनसमुदायहरुलाई सतर्कता अपनाएको थियो । महामारीको समयमा नागरिकहरुको उद्धार गर्ने देखि बाहिरबाट आएका नागरिकहरुलाई सुविधा र सम्पन्न पालिकास्तरीय क्वारेन्टाईन र होम आईसोलेशनमा राख्ने व्यवस्था गर्नुका साथैं अत्यावश्यक स्वास्थ्य सामाग्रीहरु वितरण गरेको पालिका अध्यक्ष चौंलागाईले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्