कालिकोटको खाँडाचक्र नगरपालिकाले ५० शैयाको अस्पताल निर्माण गर्ने

कालिकोटको खाँडाचक्र नगरपालिकाले ५० शैयाको अस्पताल निर्माण गर्ने

कालिकोटको खाँडाचक्र नगरपालिकाले ५० शैयाको अस्पताल निर्माण गर्ने भएको छ ।

नगरका सम्पुणृ नागरिकलाई गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्न नगरपालिकाको पहलमा ३७ करोडको लागतमा अस्पताल निर्माण गर्न लागिएको नगर प्रमुख जसी प्रसाद पाण्डेले जानकारी दिनुभयो । नगरपालिकाले ८ वटै वडामा सुविधासम्पन्न स्वास्थ्य चौकिहरुको पनि निर्माण गरेको छ । यस्तै नगरले समृद्द खाँडाचक्र नगरपालिका निर्माण गर्न कृषि, उध्यम, व्यापार, पर्यटन, स्वरोजगार दीगो शान्ति, सुशासनको निति लिएर बिकासको कामहरु गरिरहेको छ । कोरोना भाईरसको महामारीलाई मध्यनजर गरि महालक्ष्मी नगरपालिकाले यस आर्थिक बर्ष २०७७–७८ को बजेट मै कृषि, पर्यटन, पुर्वाधार र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ । जसमा कृषि, पर्यटन, पुर्वाधार, स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको छ ।

गुणस्तरिय र प्राविधिक शिक्षामा जोड दिएको खाँडाचक्र नगरपालिकाले बिद्यालयहरुमा खेल सामाग्री लगायतका शैक्षिक सामग्री र बिद्यालय मवनहरु निर्माण गर्न पहल गरिरहेको छ । नगरपालिकाको भवन र वडा कार्यालयहरुको भवन पनि यसै आर्थिक बर्षभित्र बनाईसक्ने लक्ष्य लिर्ईएको छ । नगरपालिकाले कृषि, पशुपालन र पर्यटनलाई बिषेश जोड दिएर काम गरिहेको छ ।

विश्वभर फैलिएको कोरोना महामारीको असर खाँडाचक्र नगरपालिकामा पनि पर्यो । तर कोरोना भाईरसबाट याहाँका नागरिकलाई सुरक्षित राख्न नगरपालिका लागि परिहेको छ । कोरोना माहामारिमा नगरपालिकाले पिडितहरुलाई राहत वितरण मास्क सेनिटाइजरको बितरण, आर डि टि र पिसिआर परिक्षण लगायतको कार्य गरेको थियो । आगामी दिनमा कोरोना माहामारीको असरलाई कम गर्दै समग्र बिकासको काममा केन्द्रित हुने नगर प्रमुख पाण्डेको योजना छ ।

प्रतिक्रिया दिनुहोस्