काठमाडौंमा इद उलफित्र पर्वको रमझम ( तस्बिरमा हेर्नुहोस्)

काठमाडौंमा इद उलफित्र पर्वको रमझम ( तस्बिरमा हेर्नुहोस्)

काठमाण्डाैं-अरबी पात्रो हिजरी संवत अनुसार दशौँ महिनाको पहिलो दिन बुधबार देशभरका मुसलमानले विशेष नमाज पाठ गरी ठूलोबडाबाट आशीर्वाद लिएर इद उल फित्र मनाएका छन् ।

विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद तथा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशिर्वाद लिन आउने आफन्तलाई सेवइ, खजुर लगायत मीठा खानेकुरा खान दिने चलन छ । काठमाडौँका मस्जिदमा बुधबार बिहान नमाज पढेर शुभकामना आदान प्रदान गरी इद उल फित्र मनाएका छन् ।

बुधबार देखिएको इदको रौनक केही तस्बिरमा समेट्ने प्रयास गरेका छाै हेर्नुहाेस

 

 

 

 

 

 

 मस्जिदमा नअटेपछि बाटोमै नमाज

नेपालगञ्जको विपि चोकस्थित मस्जिदमा भेला भएका मुस्लिम समुदायले संयुक्त नमाज पढेर इद उल फित्र मनाएका हुन् । मस्जिदमा नअटेपछि ठूलो संख्याले बाटोमै बसेर नमाज पढेका थिए । एक महिनासम्म रोजा बसेका मुस्लिम समुदायका व्यक्तिले संयुक्त नमाज पढेपछि एक अर्कालाई आर्शिवाद, शुभकामना आदान प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्