कल्यापुर नगरपालिकामा संक्रमितको संख्या घट्दै

कल्यापुर नगरपालिकामा संक्रमितको संख्या घट्दै

सिरहा । कल्याणपुर नगरपालिकाले कोरानाको सामना गर्न विभिन्न उपायहरू अवलम्वन गरिरहेको छ । सम्भावित जोखिमहरूलाई अवसरको रूपमा लिएर काम गरिरहेको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक गौरीशंकर देवले बताउनुभयो । उहाँले नगरपालिकामा १८ जना व्यक्तिलाई कोरोना संक्रमण देखिएको थियो ती मध्ये १३ जना ठीक भई घर फर्किसकेका छन् भने ५ जना आइसोलेसनमा रहेको बताउनुभयो । संक्रमित व्यक्ति सबै भारतबाट आएका नागरिक रहेको उहाँले बताउनुभयो ।

गौरीशंकर देव

हालसम्म ९०० जनाको पि.सि.आर परीक्षण भइसकेको देवले बताउनुभयो । नगरपालिकामा सुरुमाा ६ वटा क्वारेन्टाइनको व्यवस्था गरिएको थियो भने अहिले क्वारेन्टाइनमा बस्ने संख्याको कमी आएपछि एउटा मात्र व्यवस्था गरिएको छ र त्यहाँ ५ जना रहेको उहाँले बताउनुभयो । त्यसैगरी स्वाँब संकलनको लागि जिल्लाबाट स्वास्थ्यकर्मी आएतापनि कोरोना भाइरससँग लड्न नगरपालिकामा चाहिने स्वास्थ्यकर्मी तथा प्रविधि नगरले नै व्यवस्था गर्दै आइरहेको उहाँले बताउनुभयो ।

नगरपालिकाले टोल टोलमा माइकिङ गरेर नागरिकलाई सतर्कता गराउने, पोस्टर पम्पलेट टाँस्ने र स्वास्थ्यकर्मी परिचालन गरी सम्पूर्ण नागरिकलाई यस महामारीबाट बच्नलाई सचेत गराइरहेको उहाँले जानकारी गराउनुभयो । विशेषगरी आसमान नेपाल र सबल नेपाल यी दुई ल्न्इ ले नगरलाई महामारीको समयमा सहयोग गरिरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्