कञ्चनपुरको कृष्णपुर नगरपालिकामा चौतर्फी विकास निर्माण कार्य हुदैं

कञ्चनपुरको कृष्णपुर नगरपालिकामा चौतर्फी विकास निर्माण कार्य हुदैं

माघ २६, कृष्णपुर नगरपालिका । स्थानीय सरकार गठन भएको छोटो समयमा नै कतीपय स्थानीय तहहरुमा विकास निर्माणको काम तिव्रगतिमा भइरहेको छ । यिनैं, स्थानीय तहहरु मध्ये एउटा उदाहरण, कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका हो ।

नगरले निर्माण भएका सडकमा पीच गर्ने सडक नपुगेको ठाउँमा निर्माणको लागि नयाँ ट्रयाक खोलेको छ । यो सडक निर्माण भए पछि आम नागरिकहरुलाई यात्राको लागि थप सहज हुने नगरका, नगर प्रमुख श्री कर्ण बहादुर हमालले बताउनु भयो । वडा कार्यलय देखि नगरको केन्द्रसम्म जोड्ने सडक निर्माणको काम चाँडै सम्पन्न हुनेछ ।

आम जनताहरुको स्वास्थ्य क्षेत्रलाई मध्येनजर गर्दै सुविधा सम्पन्न अस्पताल निर्माण गर्नुका साथैं सवै वडामा स्वास्थ्य इकाईको व्यवस्था गरी प्रत्येक वडामा स्वास्थ्य सेवाको पहुच पु¥याएको छ । स्थानीय सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथामिकता दिए पछि विगतको जस्तो सानोतिनो उपचारको लागि जिल्ला सदरमुकाम र राजधानी धाउनु पर्ने बाध्यता हटेको नगर प्रमुख हमालले भन्नुभयो ।

यस्तै, नगरको सम्पूर्ण आधारभुत विद्यालयहरुमा गुणस्तरीय र सर्वसुलभ शिक्षाको व्यवस्थापन देखि विद्यालयमा आवश्यक भौतिक संरचाहरु निर्माण गरेको छ । किसानहरुलाई विभिन्न उन्नत जातको विउ विजन वितरण र डिप बोरिङ कार्यक्रम गरी कृषि क्षेत्रमा आमुल परिवर्तन गर्दै आइरहेको छ । युवावर्गहरुलाई मोबाईल रिपेरिङ र कम्प्युटर लगायत अन्य विविध क्षेत्रमा सिपमुलक तालिम प्रदान गरी रोजगारीको सृजना गरेको छ ।

नगरकै पहलमा ट्रमा सेन्टर निर्माण गर्ने योजना गरेको छौं उहाँले जनाउनु भयो । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी न्यूनीकरणको लागि नगरले आम जनताहरु समक्ष विभिन्न जनचेतनामुलक कार्यक्रम गरी सतर्कता अपनाएको थियो । कोरोनाबाट प्रभावित भएका वास्तविक पिडीतहरुलाई दुई चरणमा राहत वितरण गुर्नका साथैं बाहिरबाट आएकाहरुलाई नगरस्तरीय सुविधधा सम्पन्न क्वारेन्टाईनमा राख्ने व्यवस्था समेत गरेको नगर प्रमुख हमालले बताउनु भयो । आगामी दिनमा आम नागरिकहरुको साथ सहयोग पाएमा नगरलाई चाँडैं विकासको लहरमा पु¥याउन सकिने हमालको धारणा छ ।

प्रतिक्रिया दिनुहोस्