एक दिन बिराएर हुँदैछ प्रधानमन्त्रीको प्लाज्मा फेरेसिस

एक दिन बिराएर हुँदैछ प्रधानमन्त्रीको प्लाज्मा फेरेसिस

काठमाडौं। सिंगापुरमा उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा बढेको एन्टिबडी निष्काशन गर्न एक दिन बिराएर प्लाज्मा फेरिसस गर्नुपर्ने भएको छ। मिर्गौलासम्बन्धी एन्टिबडीको मात्रा बढी देखिएपछि थप उपचारका लागि प्रधानमन्त्री ओली सिंगापुर गएका थिए। प्रधानमन्त्री ओलीकी निजी चिकित्सक डा। दिव्या सिंह शाहका अनुसार शुक्रबार पहिलो पटक प्लाज्मा फेरेसिस उपचार प्रक्रिया शुरु गरिएको छ।

एक दिन बिराएर यो उपचार प्रक्रिया शुरु गरिने भएको छ। अहिले उनको स्वास्थ्य अवस्था सामान्य छ। पहिलो सेसनपछि सकारात्मक प्रभाव परेकोले दोस्रो सेसनअन्तर्गत आइतबार पनि फेरेसिस गर्ने कार्यक्रम रहेको छ। उपचार प्रक्रिया लम्बिने भएकोले कम्तीमा १० दिने ओली सिंगापुरमै रहने बताइएको छ।

प्रधानमन्त्री ओलीको सिंगापुरस्थित नेशनल युनिभर्सिटि हस्पिटलमा उपचार भइरहेको छ। मिर्गौलाको थप परिक्षण र कार्यक्षमता जाँच गरेपछि उपचार विधिका बारेमा प्रष्ट हुन सकिने चिकित्सकले बताएका छन्।

१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओलीलाई प्लाज्मा फेरेसिस गरेर एन्टिबडीको मात्रा हटाउनुपर्ने चिकित्सकले सुझाव दिएका छन्। प्लाज्यामा फेरेसिसद्वारा पनि उपचार हुन नसके विकल्पमा रुपमा डायलाइसिस र पुनः मिगौला प्रत्यारोपण गर्न सकिने छ। वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा। ऋषिकुमार काफ्लेले शरीरका अन्य अंग स्वस्थ रहेका कारण प्लाजा फेरेसिस बाहेक डायलाइसिस वा प्रत्यारोपण पनि गर्न सकिने बताए।

प्रतिक्रिया दिनुहोस्