एक घर एक धाराको अभियानमा, ईलामको चुलाचुली गाउँपालिका

एक घर एक धाराको अभियानमा, ईलामको चुलाचुली गाउँपालिका

कविता पोखरेल ।

ईलाम जिल्लाको चुलाचुली गाउँपालिका एक घर एक धारा अभियान लिएर सबै गाउँपालिकावासीमा खानेपानीको सुबिधा पुर्याउन लागी परेको छ ।

गाउँपालिका नागरिहरु खानेपानिको सुविधाबाट बञ्चित हुन नपरोस भन्ने उद्धेश्यले उक्त अभियान चलाइएको गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राईले बताउनु भयो । खानेपानीसंगै गाउँपालिका शिक्षा, स्वास्थ्य, सडक ,विद्युत, सिंचाइ लागयतका पुर्बाधारहरु विस्तारमा जुटेको छ । स्वास्थ सेवाको पहुँच सम्पुर्ण गाउँपालिकावासिमा पुर्याउन सुबिधा सम्पन्न १५ शैयाको अस्पतालको सिलन्यास गरिएको अध्यक्ष राईले बताउनुभयो । गाउँपालिकाले सबै क्षेत्रमा बिद्युत बिस्तार गरिसकेको छ । कृषि तथा पशुपालनको लागि पनि गाउँपालिकाले विशेष पहल गरिरहेको छ । शैक्षिक क्षेत्रको बिकासको लागि गाउँपालिकाको आफ्नै पहलमा सुबिधा सम्पन्न बिद्यालय भवनको निर्माण कार्य भइरहेको छ । स्थानियस्तरमा गुणस्तरिय एंव प्राबिधिक शिक्षामा जोड दिएको पाणिनी गाउँपालिकाले नमुना बिद्यालयको अवधारणा पनि सन्चालन गरेको छ ।

विश्वब्यापी महामारी कोरोना भाइरसको प्रभावले केही समय ढिला भएको गाउँपालिकाको भवन निर्माण कार्य पनि चाडैं सम्पन्न हुने अध्यक्ष राईलेले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्