युवा पुस्ताका उर्जावान गायक नवीन कार्कीद्धारा स्वरवद्ध गीति एल्बम नवीन सार्वजनिक भएको छ । आज संचार तथा सुचना प्रविधि मन्त्री पार्वत गुरुङ्गले बानेश्वरस्थित लेखक कुञ्जमा आयोजित एक कार्यक्रमकाबीच एल्बमको बिमोचन गर्नुभयो ।
यसै अवसरमा, मन्त्री गुरुङले आफुले पहिलादेखि नै कार्कीलाई चिनेकाले, कार्कीको व्यक्तित्व जस्तै सांगितिक पहिचान प्रभावकारी र दमदार हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा बरिष्ठ संगीतकार शक्ति बल्लभले भाषा संगीत बाँचे सम्म गायक कार्कीको गला र कला बाँच्ने बताउँदै भौतिक सम्पति क्षणिक भए पनि संगीत कलाको आयु अनन्तसम्म रहेको बताउनुभयो । उहाँले कार्कीको गायन कला गहन र मन छुने रहेको बताउनुभयो ।
गीतकार संघका पुर्व अध्यक्ष चुडामणी देबकोटाले गायक कार्की अमरताको यात्रामा लाग्नु भएको भन्दै स्रष्टा कहिल्यै भुतपुर्व नहुने बताउनुभयो । कार्यक्रममा लोकप्रिय संगीतकार तथा गायक राजनराज शिवाकोटी,गीतकार देबेन्द्र केसी देबु,बिज्ञापन बोर्डका सदस्य बलराम थापा, राष्ट्रिय ज्येष्ठ नागरिक कोषका अध्यक्ष बसन्तराज कार्की, अग्रज पत्रकार बालकृष्ण बस्नेत, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष समेत रहनु भएका गीतकार पुष्करराज बुढाथोकी, संचारकर्मी अमरध्वज लामा, मनुका कुँवर , एल्बमका प्रस्तोता तथा गायक कार्कीका धर्मपत्नी तारा कार्की लगायतले गायक कार्कीको गायन यात्राको सफलताको कामना गर्नुभयो ।
बिमोचन कार्यक्रममा गायक कार्कीले गायन यात्राको बारेमा चर्चा गर्दै प्रेरणा,सहयोग र उर्जा प्रदान गर्ने सबैप्रति आभार प्रकट गर्नुभयो । सो अवसरमा नेपाली संगीतका शक्ति बरिष्ठ संगितकार शक्ति बल्लभलाई बिशेष सम्मान गरिएको थियो ।
कार्यक्रममा आदिबासी जनजाती पत्रकार महासंघका अध्यक्ष डण्ड गुरुङ्ग, मन्त्री पार्वत गुरुङका संचार बिज्ञ राजेन्द्र मानन्धर, कान्तिपुर एफ एमका समाचार प्रमुख पवन आचार्य, राष्ट्रिय संचार केन्द्रका अध्यक्ष पेशल आचार्य, पत्रकार टेकराज थामी लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा संगीतकार,गीतकार र एल्बम तयार पार्न सहयोग गर्ने ब्यक्तिहरुलाई मायाको चिनो र सम्मान प्रदान गरिएको थियो
एल्बममा बरिष्ठ संगीतकार शक्ति बल्लभ,गुरुदेब कामत र राजनराज शिवाकाटीका कर्णप्रिय संगीत र सिद्धहस्त गीतकार स्व। रत्नशम्शेर थापा,ज्ञानुवाकर पौडेल,डा।राजुबाबु श्रेष्ठ,,देबेन्द्र केसी देबु,रमेश दाहाल र पुष्करराज बुढाथोकीका ओजपुर्ण शब्द रचना समेटिएका छन् ।
प्रतिक्रिया दिनुहोस्