उमेर ७५ वर्ष, तर कृषिबाटै कमाउँछन् वर्षमा १५ लाख

उमेर ७५ वर्ष, तर कृषिबाटै कमाउँछन् वर्षमा १५ लाख

काठमाडाैं । मेहनत, जोसजाँगर भए पैसा कमाउन उमेरले रोक्दैन। इच्छाशक्ति भने हुनुपर्छ। ३०-४० हजार रुपैयाँ कमाउन विदेशी भूमिमा पुग्ने युवाका लागि यहाँका एक ७५ वर्षीय वृद्ध उदाहरण बनेका छन्।

पत्यार नलाग्न सक्छ ७५ वर्षीय वृद्धले खेती गरेरै वार्षिक १५ लाख कमाउँछन् भन्ने ! त्यसमा पनि झन् एउटा खुट्टाले त्यति भर पाउँदैन, लौरो टेकेर उकाली–ओराली गर्दै बारीमा पुग्छन् उनी। वृद्धवृद्धा परि श्रम गर्न सक्दैनन् र आम्दानीको स्रोत नहुँदा दुःख पाउँछन् भनेरै सरकारले सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरेको छ। तर, त्यसको उनले कुनै मतलब राख्दैनन्।

उमेरले डाँडो काट्दै गए पनि उदयपुरको रौतामाई गाउँपालिका ७ धाङ्लेका कृषक जितुहर्क तामाङको मेहनत, परि श्रम र लगनशीलतामा कमी आएको छैन। उनको लगाव र जाँगर देखेर गाउँका सबै छक्क पर्छन्। घाम झुल्कनुअघि चिया पिएर खेतबारीमा पुग्ने उनी मध्याह्न खाना खान घर फर्कन्छन्।

मध्याह्न १२ देखि दुई बजेसम्म आराम गर्छन्। तीन घन्टा नजिकैको मुर्कुची बजारमा साथीभाइसँगको भेट अनि सामाजिक कार्यपछि पुनः घर फर्किएर खेतीमा रमाउने तामाङ परि श्रम गरे स्वदेशमै सुन फलाउन सकिन्छ भन्छन्।

२० वर्षदेखि तामाङ फलफूल, तरकारीखेती, बाख्रापालन र पानीघट्ट व्यवसाय सञ्चालन गरी वार्षिक १५ लाखभन्दा बढी आम्दानी गर्छन्। हरेक दिन बिहान चार बजे उठेर आर्थिकोपार्जनमा लाग्ने उनले पैसा मात्र कमाएका छैनन्, गाउँलेबाट सम्मानसमेत पाएका छन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्