उदयपुरको त्रियुगा नगरपालिकामा संविधान दिवस भव्य रूपमा सम्पन्न (फोटो फिचरसहित)

उदयपुरको त्रियुगा नगरपालिकामा संविधान दिवस भव्य रूपमा सम्पन्न (फोटो फिचरसहित)

काठमाडौं । उदयपुर जिल्लामा संविधान दिवस २०७६ भव्य रुपमा मनाइएको छ । जिल्ला समन्वय समिती र त्रियुगा नगरपालिकाले संयुक्त रुपमा तीन दिने कार्यक्रमको आयोजना गरीएको छ ।

संविधान दिवसको पूर्वसन्ध्यामा बिहीबार आयोजित रिले दौड प्रतियोगिता आयोजना गरिएको थियो । ‘संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाऔँ, घर–घरमा दिपावली गरौँ र राष्ट्रिय झण्डा फहराऔँ’ भन्ने मुल नाराका साथ संविधान दिवस मनाईएको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले जानकारी दिनुभयो । उँहाका अनुसार संबिधान दिवसकै पुर्वसन्ध्यामा बिहीबार कर्मचारी मिलन केन्द्रले हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरेको थियो । प्रतियोगितामा संघिय कर्मचारी, प्रदेशका कर्मचारी, नगरपालिकाका कर्मचामरी, जनप्रतिनिधि,  पत्रकार, व्यापारी, बरुवा क्याम्पस, सामाजिक अभियन्ता गरी ११ वटा समूहले  सहभागिता जनाएका थिए । उक्त प्रतियोगितामा प्रदेशका कर्मचारीहरुको समुह प्रथम, बरुवा क्यम्पस द्धितिय,र उद्योगीहरुको समुह द्धितिय भएका छन ।

असोज ३ गते गाईघाट बजारको लोकतान्त्रिकचौकमा कपडा बैंकको स्थापना, प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ । व्यक्तीका घर घरमा सरसफाइ गरी दिपावली समेत गरीएको छ । त्यस्तै त्रियुगा नगरपालिकोको आयोजनामा गाईघाटको मुख्य चोकमा नेपाली झण्डाको भरउत्तोलन गरिएको छ ।

असोज ४ गते जिल्ला समन्वय समितिको परिसरमा विभिन्न प्रजातिका फलफूलका विरुवा रोप्ने र नेपाल रेडक्रससँग समन्वय गरी खुल्ला रक्तदान कार्यक्रम आयोजना गरी साँझमा दिपावली गर्ने गरी मनाइँदै छ ।

फोटो फिचर

प्रतिक्रिया दिनुहोस्