ईपीएस भाषा परीक्षामा १२ हजार ९ जना उत्तीर्ण (नामसहित)

ईपीएस भाषा परीक्षामा १२ हजार ९ जना उत्तीर्ण (नामसहित)

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत लिइएको कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । गत जेठ २५ र २६ गते लिइएको भाषा परीक्षाको नतिजा ईपीएस कोरियाले गएराति सार्वजनिक गरेको हो ।

परीक्षा दिएका १२ हजार ९ जना परीक्षार्थी पास भए । कोरियाले एक हजार ५० जना कामदारको कोटा दिएको थियो । त्यसभन्द्या करिब २ हजार बढी विद्यार्थी पास भएका हुन् । यो वर्ष ९ हजार १ सय ३३ र कृषि तथा पशुपालन क्षेत्रमा २ हजार ८ सय ७६ जना पास भएको इपीएस शाखाले जानकारी दिएको छ । जेठमा भएको परीक्षामा ९२ हजार ३ सय ५६ युवा सहभागी भएका थिए ।

पछिल्लो समय दक्षिण कोरियाको रोजगारी युवाहरुको आकर्षणका रुपमा रहेको छ । कोरियाले करिब १ दशकदेखि नेपालीलाई आफ्नो देश लैजाँदै आएको छ । यही माध्यमबाट कोरिया पुगेका हजारौं नेपाली अहिले कोरियामा कार्यरत छन् ।

नतिजा हेर्नुस् 

प्रतिक्रिया दिनुहोस्