आवाज विहीनहरुका लागि हाम्रो कार्यक्रमको ढोका सदाझैँ खुल्ला छः रबि लामिछाने

आवाज विहीनहरुका लागि हाम्रो कार्यक्रमको ढोका सदाझैँ खुल्ला छः रबि लामिछाने

सालिकराम प्रकरणमा प्रक्राउ परेर रिहा भएपछी रबि लामिछानेले पहिलो पटक कार्यक्रम सिधा कुरा जनतासँगमा आएका छन । उनि प्रक्राउ परेपछि News 24 ले करीब २ हप्ता रबि बिना खालि स्टुडियो बाट कार्यक्रम प्रशासरण गरेको थियो । कार्यक्रममा आएपछि रबिले के भने त हेरौ उनकाे भनाई जस्ताको तस्तैः

केही विश्रामपछि कार्यक्रम लिएर आएका छौं । सम्मानित अदालतले हामीलाई सालिक राम प्रकर*णमा चुइक्क नबोल्न आदेश दिएको छ । आदेश शिरोपर छ, श्री*मान । यसै पनि आफ्नै विषयमा विचारा धीन मु*द्धामा म किन बोल्थे र ! तर, यो देशका त्यस्ता सयौं–हजरौं मु*द्दाहरु छन्, जसको विषयमा बोल्न सकिएन भने चाँहि पाप होइन, महापाप लाग्छ ।

ठूला–ठूला मानिसहरु हाम्रा साना–साना बिषयको उठानाले किन ऐठानमा पर्छन् भन्ने कुरा हाम्रो टिमले कहिल्यै पनि पत्ता लगाउन सकेन। यो कार्यक्रम १०० वर्ष चल्यो भनेपनि हामीले गर्ने साना–साना कुरा मात्रै हो । आवाज नभएका मानिसहरु माथि चरम अन्याय भएको छ, राजनीतिज्ञको जीवनमा आमूल परिवर्तन आउँदा आम सर्वसाधारणको घरमा केही पनि नआउने ?

कहिले पनि नआउने ? यत्ति सानो प्रश्न त सोध्न पाइएला नि यति ठूलो लोकतन्त्रमा ! हिरासतमा बस्दा एउटा सानो फुकिठल लिखुरे केटो जो विवाहित र एक छोराको पिता भैसकेको छ । उसमाथि ३ जना मुस्तन्डे पुरुषलाई बला*त्कार गर्न खोजेको आरोप लागेको रहेछ । बोल्न खोज्दा कान रन्किने गरी झापड खाएछ । एउटा मरन च्याँसेले ३ मुस्तन्डे कसरी बला*त्कार गर्ने प्रयास ग¥यो होला भनेर सोच्न त पाइन्छ तर सोध्न पाइन्न ।

ती मानिस र तिनका परिवार कहाँ जाने ? गर्न खोजेको यत्ति हो कि तिनको आवाजलाई नेशनल मिडियामा स्थान दिने र आफ्नो पीडा आँसुसँगै भए प्रमाण नभए प्रमाणित हुन सक्ने आधारहरु सबै सामू राखिदिने ! आज पनि यही सानो काम निरन्तर गर्ने उही प्रति बद्धता दोहो–याउन चाहन्छु । घरखेत बेचेर एजेन्टलाई पैसा बुझाएर बसेको एउटा युवा पहिला देशभित्र ठगिन्छ ।

विदेश पुगे पनि उतै अलपत्र पर्छ । उसको पीडा कहाँ पोख्ने ? यही सानो कुरा नै हाम्रो लागि ठूलो कुरा हो । सबै पीडाको प्रमाण हुँदैनन्, कहिले काँही आँखाको भाका पनि पढ्नुपर्छ । विश्वासमा विना कागज २/४ लाख दिएर उल्टो आफै ठगीको मुद्धा खेपिरहेका मानिस घर–घरमा छन् । उजुरी कहाँ गर्ने ? प्रमाण के दिने ? तिनका कल रेकर्डिङ, टेक्स्ट म्यासेज हेरेर त्यस्ता पीडितका लागि कार्यक्रमको २/४ मिनेट खर्च गरेका हौं र यो गरिरहन पाँउ ।

यो पत्रकारिताको उदाहरण नहोला तर, मानवता र नागरिक कर्तव्यको संवाहक त हो नी । बस यही प्रतिबद्धतालाई निरन्तरता दिने वाचा गर्न चाहान्छौं । यो मुलुक कता जाँदैछ ? राजनीतिले कुन मोड लिन्छ ? फलानो नेताले फलानो कुरा किन भन्यो जस्ता बिषय लाई मैले हाललाई बकबास भनेछु भने माइन्ड नगरिदिनु होला । अघाएको मानिसले भोको मानिसको पीडा बुझ्न सक्दैन ।

तपाईको घरबाट, आकाशमा उडेर गएको मानिस बाकसमा फर्किएको छ ? मेरो त छैन तर कसैको त छ। जसको छोरा बाकसमा आएको छ, उसको पीडाको प्रतिनिधित्व गर्दा बौद्धिक भइदैन, स्ट्याण्डर भइदैन, एकेडेमिक भैदैन, सतही बनिन्छ भने होस्, तपा ईहरु सिंहासनमा बस्नुहोस् । हामीलाई यो भुँई प्यारो छ । देशमा दुख छ, जीवन आँफैमा कष्टप्रद छ तर, यो देशको नेतृत्वले जान्यो भन्ने नागरिकले यति दुखै पाउँदैनन् विश्वास गर्नुस् ।

यो सब नजानेर हो । सामाजिक बेथिति, विकृति, विसं गतिका लागि तलैबाट आवाज उठाउनु जरुरी छ । ठूला मुद्दामा ठूलै चलखेल छन्, थाहा छ । तर सबै दल नमिलिकन ठूला भ्रष्टाचार हुँदैनन् । त्यसतर्फ सचेत गराए पनि हामीलाई त ति सानी छोरीको चिन्ता छ, जसलाई हिसाब सिकाउने बहानामा कुनै पिपासु शिक्षकले गलत नियतले छोइरहेको छ ।

मालपोतको कोठाचोटामा विचौलिया छिराएर आफ्नो कमिशन घरैमा एक मुष्ठ म्याडमलाई बुझ्न लगाउने देखि कमसल सामग्री प्रयोग गरेर बाटो, पुल, अस्पताल बनाउनेहरुको निगरानी त नगरी हुँदै हुँदैन । १ पैसामा ह्वील चेयर दिन्छु भनेर टेण्डर पार्ने कहाँ छन् ? थाहा छैन, तर जेलमा त पक्कै छैनन् । सबै हामी गर्छौं हामीले गरेका हौं भनेर हुटिट्याँउनले आकाश थामेजस्तो भ्रममा छैनौं हामी ।

तर सेवाग्राहीसँग घु*स माग्नेको भिडियो कसरी खिच्ने र कसरी सामाजिक सञ्जालमा हाल्ने ? भनेर त हामीले धेरैलाई सिकाइ सक्यौ । काठमाडौंमा सरकारले दिएको घरमा बस्ने कति जना मन्त्रीका छोरा छोरी नाती नातीनाको उपचार कान्ती बाल अस्पतालमा हुन्छ ? जनतालाई शिक्षा स्वास्थ्यमा पहुँच पु¥याइदिन्छु भनेर गएकाहरु सबैको पहुँच देशका महंगा अस्पताल र स्कुलहरुमा भयो तर जनताको छोराछोरीका लागि चाँही कन्तविजोग भएको कान्ती अस्पताल ?

तपाईका सन्तानलाई राम्रो, महंगो अस्पताल ! जनतालाई चाँही त्यस्तो हबि गत भएको अस्पताल ? भोट उसको, मोज तपाइको ? कहिलेसम्म ? बस् जनताको दुखको सहयात्री हुँदै यति जाबो प्रश्न गरेका हौं । सर कारको सहयोगी यो कार्य क्रमले त आफ्नो पहुँच बढाउन अनुदान पाउनुपर्ने हो जस्तो लाग्छ । तर बदलामा के पाइरहेका छौं ? त्यो सबै सामू स्पष्ट छ, पछि हट्ने एउटा कारण होला तर, अघि बढ्ने सयाैँ होइन हजाराैँ कारण छन् ।

त्यस मध्यको एउटा कारण यी तस्वीरहरु हुन् । यो अपार भीड हाम्रो सत्कर्मले प्रवाभित भएर मात्र जम्मा भएको होइन, धेरैको कुकर्मबाट वाक्क भएर, थाकेर पनि जम्मा भएका हुन् । देशका धेरै स्थानमा र विदेशमा समेत यसरी नै जम्मा हुनुभएका धेरैलाई भेट्न र सम्बोधन गर्न जान सकिएन । तर, तपाईको भावनामा ठेस लाग्ने काम कदापी गर्दैनौं ।

विरोध र आलोचनाबाट आत्तिएर र समर्थनबाट मात्तिएर कहिले पनि बहकिने छैनौं । जनताको पीडा र आवाजको प्रतिनिधि हौं । यही क्षेत्रबाट अझ जिम्मेवार हुँदै यो माटोको सेवा गरिरहने छौं । कार्यक्रमको रुपरेखामा हेरफेर होला, केही झल्याक झुलुक फेरिएलान् तर तपाईको आवाज बन्ने प्रतिबद्धता कहिले फेरिने छैन । कमजोरी होलान्, सुधार्छौं, परिपक्क छैनौं होला अब बन्छौ ।

जानेनौं होला, सिक्छौ तर पत्रकारिता जस्तो पवित्र कर्म गरेर अर्काका लागि आफ्नो कलम र आवाज कहिल्यै पनि बिक्री गर्ने छैनौं । भइपरी आउँदा २/४ भाषण ठोकियो होला, तर यो कर्म गरुन्जेल नेतागिरी गरेर तपाईको साथ र समर्थनको दुरुपयोग विल्कुल गर्ने छैनौं । आवाज विही*नहरुका लागि हाम्रो कार्यक्रमको ढोका सदाझै खुल्ला छ । सकेको सहयोग गर्छौं, जानेको सल्लाह दिन्छौं, त्यतिले नपुगे टेलिभिजनमा तपाईको समस्या देखाउँदै समाधानको प्रयास गर्छौं ।

हाम्रो पहुँचलाई देशै भरि पु-याउन धेरै गर्नुछ । अबको दिनमा त्यहि प्रयास गर्ने छौं । धेरैको आँसु पुछ्न पाएका थियौं, यस पटक विपतमा हाम्रो आँसु पुछ्न हात बढाएर तिर्नै नसक्ने गुण लगाइदिनु भएको छ। देशैभरिका र विदेशमा समेत रहनु भएका दर्शकहरु लाई सीधाकुरा टिमको नमन र सलाम ! शिर न आफ्नो झुकाउँछौं, न तपाईको झुक्न दिन्छौं ।

न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४२४ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विगतका एपिसोडहरुमा जस्तै विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ, साथै सम्बन्धित ब्यक्तिसँग प्रत्यक्ष कुराकानी पनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्