आन्दोलनबारे भ्रम फैलाएको आरोपमा दुई सयबढी युट्यूब च्यानल बन्द

आन्दोलनबारे भ्रम फैलाएको आरोपमा दुई सयबढी युट्यूब च्यानल बन्द

काठमाडौँ । लामो समयदेखि हङकङमा जारी प्रदर्शनलाई दुष्प्रचार गर्ने सामाग्रीहरु प्रसारण गरेको आरोपमा २०० भन्दा बढी युट्यूब च्यानल बन्द गरिएको छ। हङकङमा जारी विरोध प्रदर्शनलाई बढावा दिने गरेको भन्दै केही हप्ताअघि ट्विटर र फेसबुकले पनि केही खाताहरुलाई बन्द गरेका थिए।

ट्विटर र फेसबुकपछि हङकङ प्रदर्शनको दुष्प्रचारको आरोपमा २ सय १० वटा युट्यूब च्यानल बन्द गरिएको गुगलले जनाएको छ। ती युट्यूब च्यानलमाथि आमरुपमा समन्वित प्रभाव सञ्चालनसँग जोडिएको खाता र गतिविधिको उत्पत्तिलाई लुकाउन खोजेको आरोप लागेको छ। गुगलले त्यस्ता असक्षम खाताहरुको पछाडि चिनियाँ सरकारको हात रहेको आरोप लगाएको छ।

प्रतिक्रिया दिनुहोस्