आधाले घट्यो सडक दुर्घटना, दोलखामा

आधाले घट्यो सडक दुर्घटना, दोलखामा

कल्पना सापकोटा / चरिकोट ।
दोलखा । गत आर्थिक वर्ष २०७४/७५ को तुलनामा आर्थिक वर्ष २०७५/७६ मा झन्डै आधाले सडक दुर्घटनामा कमी आएको छ ।
यस आर्थिक वर्षमा जिल्लामा सवारी दुर्घटनाका कारण १० जनाले ज्यान गुमाएका छन् । जिल्लामा भएका यो वर्ष दोलखामा १८ वटा सवारी साधन दुर्घट्नामा परेको जिल्ला ट्राफिक कार्यालय दोलखाका प्रहरी सहायक निरीक्षक चन्द्रमान तमाङले जानकारी दिए । उनका अनुसार अघिल्लो वर्ष २९ वटा सवारी दुर्घटनामा परेको थिए ।
प्रहरी सहायक निरीक्षक तामाङले यो वर्ष विभिन्न्न समयमा जिल्ला ट्राफिक कार्यालयले चालकहरुमाझ ट्राफिक नियमको पालना र सडक सुरक्षा बारेमा सचेतनामूलक कार्यक्रमहरु गरेको कारण पनि दुर्घटनामा कमी आएको दाबी गरे । अहिले ट्राफिक प्रहरीले विभिन्न निकायहरुसँग सहकार्य गरेर महिनामा १ पटक सवारी चालकको स्वास्थ्य परिक्षण र सवारी साधनहरुको यान्त्रीक परिक्षण समेत गर्दै आएको छ ।
सवारी दुर्घटनामा कमी आएसँग सँगै ज्यान गुमाउनेको संख्यामा पनि कमी आएको छ । सवारी दुर्घटनामा परि अघिल्लो वर्ष १७ जनाले ज्यान गुमाएकोमा यस वर्ष १० जनाले ज्यान गुमाएका छन् । घाईतेको संख्या भने यस वर्ष बढेको छ । अघिल्लो वर्षमा ४० जना घाईते भएकोमा यस वर्ष ८१ जना घाईते भएका छन् ।
गत वर्षको ६ हजार दुई सय ५३ सवारी साधनलाई कार्वाही गर्दा ५० लाख नौं हजार पाँच हजार सय रुपैयाँ राजस्व संकलन भएको थियो, भने यस वर्ष सवारी साधन कार्वाही संख्या घटेको छ । यस वर्ष पाँच हजार ६ सय ८५ सवारी साधनलाई कार्वाही गर्दा ४२ लाख २० हजार राजस्व संकलन भएको प्रहरी सहायक निरीक्षक तामाङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्