आठबीस नगरपालिकामा शिक्षा र स्वास्थ्य चौकीको भवन निर्माण गरिदैं

आठबीस नगरपालिकामा शिक्षा र स्वास्थ्य चौकीको भवन निर्माण गरिदैं

कविता पोखरेल

पौष २ आठबीस । दैलेख जिल्लाको आठबीस नगरपालिकामा विद्यालय र स्वास्थ्य क्षेत्रलाई विशेष प्राथामिकता दिदैं भवनहरु निर्माण कार्य अघि बढाएको अवस्था छ । नगरपालिकाले विद्यालय र स्वास्थ्य चौकीको भवनहरु निर्माण कार्यमा ४ करोड लागत लागेको नगर प्रमुख खड्गराज उपाध्यायको भनाई छ । नगरपालिामा विशेष टिम्मुर, ओखर र अमला जस्ता अन्य खेतीबाट कृषकहरुलाई लाभ हुने भएकोले कृषि क्षेत्रलाई पनि समेट्र्दै निरन्तर अघि बढी रहेको छ ।

यस्तै विश्यव्यापी रुपमा फैलिएको कोरोना भाइरसबाट नगरपालिकालाई सुरतिक्ष राख्नको निम्ति विभिन्न जनचेतामुलक कार्यक्रम मार्फत आम नागरिकहरुलाई सतर्कता अपनाएको उपाध्याय ज्यूले बताउनु भयो । बाहिरबाट आएकाहरुलाई नगरपालिकाले क्वारेन्टाइन र होम आइसोलेशनको व्यवस्था समेत रहेको उहाँले बताउनु भयो । नगर प्रमुख उपाध्यायका अनुसार स्थानीय सरकारको व्यवस्थापन भए पश्चात नगरपालिकाले सकेसम्म सबै क्षेत्रलाई समेट्दै विकास निर्माण कार्यमा अघि बढी रहेको छ । समग्रमा आठबीस नगरपालिकाले सबै क्षेत्रलाई समेट्दैं निरन्तर अगाडी बढीरहेको नगर प्रमुख उपाध्याय बताउनु हुन्छ ।

प्रतिक्रिया दिनुहोस्