आइतबार पनि सार्वजनिक विदा !

आइतबार पनि सार्वजनिक विदा !

काठमाण्डौं/ सरकारले जेठ २६ गते आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक विदा हुने भएको छ । त्यस दिन भोटो देखाउने जात्रा परेकोले काठमाडौँ उपत्यकामा सार्वजनिक विदा हुने भएको हो । त्यस दिन  राष्ट्रप्रमुखको उपस्थितीमा भोटो देखाइने छ ।

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ शुक्रबार जावलाखेल पुर्याईएको छ । रथ जावाखेल पुगेको ४ दिनमा भोटो देखाउने जात्रा मनाउने गरिन्छ । कीर्तिपुर, सतुङ्गल, मच्छेगाउँ, पुल्चोक, बलम्बु, थानकोट र पाँगा सात गाउँका मानिस आएर ठटिटोलदेखि इटिटोलको बाटो हुँदै मान भवन, कुमारीपाटी गरी जावलाखेल पु¥याएका हुन् ।

प्रत्येक गाउँबाट १५ देखि २० जनाको टोली धिमेबाजा बजाउँदै आएर करीब १५० देखि २०० जनाको टोलीले रथ तानेको छ । हरेक वर्ष ठटिटोलबाट जावलाखेलसम्म रथ लान यी सात गाउँका मानिस अनिवार्य उपस्थित हुने चलन छ । “रथ तान्ने अघिल्लो दिन ८४ वर्षीय ञँवाल चाकला डङ्गोलले नरिवाल खसाली यस स्थानसँग बिदा मागे”, डङ्गोलले भने, “चार बजेपछि रथ तान्ने नियम रहँदा ५ः१० मा रथ तानी साढे ६ बजेमा रथ जावलाखेल पुयायौँ ।” बिहान ञँवालहरुले धुपीको फूलले मच्छिन्द्रनाथको रथलाई हरियो स्वरुपमा सजावट गरेका बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्