अहिलेसम्म वडाबासी सबै सन्तुष्ट नै छन्ः वडा अध्यक्ष बुढाथोकी

अहिलेसम्म वडाबासी सबै सन्तुष्ट नै छन्ः वडा अध्यक्ष बुढाथोकी

खानीगाउँ, पाल्पा । बगनासकाली गाउँपालिकाको वडा नंं ७ ले कोरोना भाइरस नियन्त्रण गर्न विभिन्न कार्यक्रमहरू गरिररहको छ । नेपालभरी संक्रमणको संख्या बढ्दै गएकोले वडामा पनि संक्रमण बढ्न सक्ने खतरा रहेको वडा अध्यक्ष गुन बहादुर बुढाथोकीले बताउनुभयो । उहाँले संक्रमणबाट बच्न वडाले विभिन्न सावधानीका उपायहरू अपनाउँदै गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो वडामा पनि कोरोना भाइरसको प्रभाव परेको छ । अहिल १ जना संक्रमित हुनुहुन्छ । उहाँको आइसोलेसनमा उपचार भइरहेको छ । संक्रमण फैलिन नदिन वडामा सामाजिक दूरी कायम गर्ने, भेला सम्मेलन जस्ता क्रियाकलापहरू नगर्न भनेको छौँ । ’
वडाले बाहिरबाट आउने सम्पूर्ण व्यक्तिहरूलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेको छ । यदि सुरक्षित रहेको खण्डमा होम क्वारेन्टाइनको पनि व्यवस्था रहेको उहाँले बताउनुभयो । क्वारेन्टाइनमा राखेपश्चात पि.सि.आर परीक्षण गराई रिर्पोट अनुसार काम कारबाही अगाडि बढाउने गरेको बुढाथोकीले बताउनुभयो ।

कोरोनाले गर्दा धेरै चुनौतिको सामना गर्नुपरेको वडा अध्यक्षले बताउनुभयो । उहाँले भन्नुभयो ‘महामारीले गर्दा धेरै किसिमका चुनौतिको सामना गर्नुपर्यो त्यहिपनि हामीहरूले यसलाई व्यवस्थापन गरिरहेका छौं । जनताले पाउने सेवा सुविधा सम्पूर्ण वडाले सहज रूपमा दिएको छ । अहिलेसम्म वडाबासी सबै सन्तुष्ट नै छन् ।’

महामारीले गर्दा केही कामहरू अघि बढाउने समस्या रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘केही कामहरू गर्न समस्या भइरहेको छ । गर्त वर्षको काम सफल भयो अब यस वर्षको कामहरू विस्तारै अघि लाने योजना छ । ’
उहाँले सम्पूर्ण नेपालीलाई कोरोनाबाट बच्न विभिन्न किसिमका सावधानी अपनाउन आग्रह समेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्