असुरक्षित भएको भन्दै इटहरी उपमहानगरको कार्यक्रममा नजाने पत्रकारको निर्णय

असुरक्षित भएको भन्दै इटहरी उपमहानगरको कार्यक्रममा नजाने पत्रकारको निर्णय

इटहरी/नेपाल पत्रकार महासँघ सुनसरी शाखाले इटहरी उपमहानगरपालिकाका कुनै पनि कार्यक्रममा नजाने निर्णय गरेको छ । आज बसेको महासँघ शाखाको बैठकले सुनसरीमा पत्रकार राज्यपक्षबाटै असुरक्षित वातावरण सृजना भएको भन्दै नगरकार्यपालिकाको औपचारिक धारणा मागसहित कार्यक्रम बहिस्कार गर्ने निर्णय गरेको अध्यक्ष अमर खड्काले जानकारी दिएका छन् ।

मेयर द्धारिकलाल चौधरीबाट बारम्बार पत्रकारहरुमाथि भएका आक्रमणको निन्दा गर्दै जनतालाई सुसुचित गर्ने वर्गप्रति लक्षित गर्दै दोहोरिरहेका गलत क्रियाकलापले पत्रकारहरु असुरक्षित भएको महासँघको ठहर रहेको खड्काले जानकारी दिए । यस बारे जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय सुनसरीमा पुुगेर समेत महासँघले गम्भिर ध्यानाकर्षण गराएको बताएका छन् ।

नेपाल पत्रकार महासँघ प्रदेश एक समितिका अध्यक्ष विक्रम लुुइटेलले मेयर चौधरीका संचारमाध्यममा आएका भनाइले प्रेसजगतलाइ हेर्ने दृष्टिकोण नै गलत रहेको टिप्पणी गरेका छन् । समग्र पत्रकारिता जगत, अदालत र सिँगो पार्टीप्रति चौधरीले व्यक्त गरेका धारणाले गम्भिर प्रश्न उठाएको भन्दै आपत्ति प्रकट गरेका छन् । उनले पत्रकारलाइ नियमित समाचार संकलनमा जान भयको वातावरण बनेको भन्दै यसले जनताको सहि सुचना प्राप्त गर्ने हक समेत खोसिने चिन्ता व्यक्त गरे ।
गलत रवैयाप्रति महासँघ निरन्तर संघर्षमा जुट्नै भन्दै कुनै सरकार कानुनले कस्ने र कुनै सरकारले भौतिक आक्रमणमा उत्रिने कुराले पत्रकार पेशा असुरक्षित बन्दै गएको आभास भएको विचार व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्