अध्यक्ष धामीको संकल्प : विकसित र समुन्नत नौगाड गाउँपालिका

अध्यक्ष धामीको संकल्प : विकसित र समुन्नत नौगाड गाउँपालिका

उर्मिला दाहाल / असल सञ्चार

एउटा सिटामोल लिन करिब सात घण्टा हिड्नु पर्ने दर्दनाक स्थिति रहेको परिवेशमा गाउँपालिका अध्यक्षको रुपमा निर्वाचित भएर आउनु भएका प्रेम सिंह धामी , दार्चुला जिल्ला, नौगाड गाँउपालिकाका अध्यक्ष हुन । अध्यक्ष धामी कामको शिलसिलामा भाद्रको अन्तिमतिर काठमाडौं आएको अवसरमा गाउँपालिकाको समृद्धि र जनताले पाइरहेको सुविधाहरुमा केन्द्रित रहेर असल सञ्चारले एउटा अन्तरक्रिया आयोजना गरेको थियो ।
सो अन्तरक्रियामा आफ्नो धारणा राख्दै अध्यक्ष धामीले समृद्धि र जनताको सुखको लागि आफूले सक्दो पहल गरिरहेको बताउनु भएको छ ।
भौैगोलिक विकटता रहेको सुदुरपश्चिम प्रदेशको दार्चुला छिमेकि मुलुक भारत र चीनसँग सिमा जाडिएको जिल्ला हो । यहि जिल्लामा नौगाड गाउँपालिका पनि पर्दछ । प्राकृतिक शौन्र्दयताले भरिपूर्ण यस गाँउपालिका पर्यटकिय क्षेत्रमा उच्च सम्भावना बोकेको गाँउपालिका हो । भिरालो र चट्टाने जमीन भएको स्थानमा पनि सोलिङ गरेर सडक तथा गोरेटो बाटो निर्माण भएको छ । पहिले चारवटा स्वास्थ्य केन्द्र त थिए तर एउटा सिटामोल पनि नपाइने बाध्यात्मक परिस्थिती थियो । तर अहिले त्यहाँ तेह्र वटा स्वास्थ्य केन्द्र छन् । बेलावेलामा स्वास्थ्य शिविर पनि संचालन हुने गरेका छन् ।


पशुपालन, कृषिको क्षेत्रमा पनि गाउँपालिकाले सबैलाई राम्रो सेवा दिइरहेको छ । शिक्षाको क्षेत्रमा पनि गाउँपालिकाको विकास तिब्र गतिमा भईरहेको देखिन्छ । विगतमा भवनको समस्या रहेकोमा हाल गाउँपालिका भित्र मात्र ३० वटा विद्यालय भवन रहेका छन् । गाँउपालिकाले विद्यालयहरुमा सेनेटरी प्याड एटिएम राख्ने कार्यलाई पनि अभियानकै रुपमा अगाडि बढाएको छ ।
गाउँपालिकाको पहिचानको लागि वडा नं. १ को छिपलथानमा डाईभर्सिटी पार्कको स्थापना हुन लागिरहेको छ । विद्युत उत्पादनमा पनि गाउँपालिका आत्मनिर्भर छ तर वितरणमा अझै केहि काम बाँकी रहेको अध्यक्ष धामी बताउनु हुन्छ ।
समग्रमा, गाउँपालिकाको नेतृत्व सम्हालिरहनु भएका धामी समृद्ध नौगाड निर्माण गर्न र नागरिकहरुको सुख तथा शान्तिको लागि योजनाबद्ध रुपमा अगाडि बढिरहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्