सहरे विपद् सहयोग समाजको चियापान कार्यक्रम सम्पन्न

सहरे विपद् सहयोग समाजको चियापान कार्यक्रम सम्पन्न

काठमाडौं । सहरे विपद् सहयोग समाजले आज एक समारोहकाबीच दशैं, तिहार, छठ तथा नेपाल संम्वतको अवसर पारेर चियापान कार्यक्रमको आयोजना गरेको छ ।
समाजका अध्यक्ष श्याम रोकाहाको अध्यक्षतामा भएको कार्यक्रम, समाजसेवी खुश बहादुर खड्काले संचालन गर्नु भएको थियो ।


ललितपुरको बालकुमारीस्थित रोज व्याङकेटमा आयोजित कार्यक्रमलाई सम्बोद्धन गर्दै नेकपा समाजवादी दोलखाका सचिव प्रोण प्रताप केसीले समाजले प्रभावकारी कार्य गरिरहेकोले अझै सक्रियतापूर्वक अगाडि बढ्न आव्हान गर्नुभयो ।
कार्यक्रममा विशेषगरि, सहरे स्थायी घर भई हाल राजधानी काठमाडौंमा विभिन्न पेशा तथा व्यावसायमा आवद्ध सहरेलीहरुको उपस्थिति रहेको थियो ।
साथै, सहरेका सवै राजनितिक दलका प्रतिनिधिहरुको पनि कार्यक्रममा सहभागिता थियो ।


समाजले विशेषगरि, आर्थिक अभावका कारण औषधी उपचार नपाएकाहरुलाई सहयोग उपलब्ध गराएर उदाहरणिय कार्य गरिरहेको छ । सदस्यहरुबाट उठेको शुल्क तथा शुभचिन्तकहरुबाट प्राप्त सहयोगलाई समाजले परिचालन गरिरहेको छ ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्ने सबैले समाजले अनुकरणिय कार्य गरिरहेको भन्दै प्रशंसा गरेका थिए भने केहिले समाजलाई राजनिति गर्ने थलो नबनाउन र अहिलेको सक्रियतालाई जारी राख्न पनि सुझाएका थिए ।

May be an image of 2 people, including Khus Bahadur Khadka and people standing

प्रतिक्रिया दिनुहोस्